रसुवाको नौकुण्डमा ट्याक्टर पल्टिँदा एक युवकको मृत्यु भएको छ। नौकुण्ड गाउँपालिका-५ भोर्ले साउने खोलास्थित सडकमा गएराति ट्याक्टर दुर्घटनामा परेको हो।
आम्बासबाटपारच्याङतर्फ जाँदै गरेको ना.४ त ९५५२ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भई सडकबाट तल खस्दा त्यसका चालक भारतको मोतिहारी पकडी दयाल परसा-१३ बस्ने २५ वर्षीय अरवाज महम्मदको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल त्रिशूली नुवाकोटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।
93
Shares

प्रतिक्रिया