आज (मंगलबार) राति तीनवटा प्रदेशका हिमाली-पहाडी क्षेत्रमा वर्षा-हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले मंगलबार बेलुका जारी गरेको बुलेटिनअनुसार आज राति सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ भने पहाडी क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।
यस्तै कर्णाली प्रदेशको हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ भने पहाडी क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।
यसैगरी गण्डकी प्रदेशको हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।
यसबाहेक अन्य स्थान र प्रदेशमा भने राति कतै-कतै मौसम बदली (आकाशमा बादल) भए पनि वर्षा तथा हिमपातको सम्भावना नदेखिएको मौसम महाशाखाले जनाएको छ।
हेर्नुहोस् मौसम महाशाखाको आकलन-

Shares

प्रतिक्रिया