समाज


प्रधानमन्त्रीद्वारा क्यान्सरविरुद्ध एचपीभी खोप अभियानको शुभारम्भ

प्रधानमन्त्रीद्वारा क्यान्सरविरुद्ध एचपीभी खोप अभियानको शुभारम्भ

नेपालखबर
माघ २२, २०८१ मंगलबार १२:२८, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपीभी खोप अभियान शुभारम्भ गरेका छन्।

विश्व क्यान्सर दिवसको सन्दर्भ पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मंगलबार महाराजगञ्जको शिवपुरी माध्यमिक विद्यालयमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले काठमाडौँ महानगरपालिका-३ का स्वास्थ्यकर्मीलाई स्वास्थ्य किट प्रदान गरी अभियानको थालनी गरेका हुन्। 

यो अभियान आजदेखि आउँदो फागुन ६ गतेसम्म देशभरि एकैपटक सञ्चालन हुँदैछ। देशभर विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका करिब १७ लाख किशोरीलाई यो खोप दिन लागिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad