पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका- १ सत्रसयमा आज भएको बस दुर्घटनामा एक मृत्यु भएको छ। दुर्घटनामा १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
मृत्यु हुनेमा चितवनको भरतपुर महानगरपालिका बस्ने २२ वर्षीया सुमीना सापकोटा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए। दुर्घटनामा घाइते सापकोटालाई आँबुखैरेनी अस्पतालका चिकित्सकले मृत घोषणा गरेका हुन्।
दमौलीबाट मुग्लिनतर्फ जाँदै गरेको व्यास समितिको बा ५ ख २९९९ नम्बरको बस चालकले नियन्त्रण गुमाइ सडक छेउको कल्भर्टमा पल्टिँदा दुर्घटना भएको थियो। प्रहरीले बस चालक भानु नगरपालिका- ५ बस्ने ३५ वर्षीय रवीन्द्र घलेलाई नियन्त्रणमा लिएको छ।
उनीहरूको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। त्यस्तै आँबुखैरेनी गाउँपालिका-३ बस्ने ४२ वर्षीया दमन्ती थापालाई थप उपचारका लागि चितवनको नारायणी सामुदायिक अस्पताल पठाइएको छ। रासस
Shares

प्रतिक्रिया