समाज


रानी नाकाबाट १२४ जनाको उद्धार

रानी नाकाबाट १२४ जनाको उद्धार

नेपालखबर
माघ १७, २०८१ बिहिबार १८:३, विराटनगर

सीमा निगरानी, मानव बेचबिखन तथा ओसारपसार तथा लैङ्गिक हिंसाको क्षेत्रमा काम गर्दै आएको आफन्त नेपाल नामक संस्थाले एक वर्षको अवधिमा १२४ जनाको उद्धार गरेको जनाएको छ। संस्थाले आफ्नो १८औं स्थापना दिवसको अवसरमा सरोकारवाला संघसंस्थासँगको छलफलमा यसबारे जानकारी दिएको हो।   

आफन्त नेपाल विराटनगर कार्यालयका प्रमुख मनु रानाका अनुसार सीमा नाकाबाट १२ हजार ११७ सूचना प्रवाह गरेको छ। त्यस्तै ३ हजार २ जनालाई परामर्श दिइयो। बचावट र उद्धार गरिएका १२४ जनामध्ये १११ जनाको पारिवारिक पुनर्मिलन गराइएको जानकारी दिइन्। 

संस्थाको तर्फबाट एउटा जबरजस्ती करणीको मुद्दा दर्ता गरिएको पनि उनले जानकारी दिइन्। सीमा क्षेत्रमा मानव बेचबिखन तथा ओसारपसार  तथा लैङ्गिक हिंसा नियन्त्रणका लागि महिला, किशोर र पुरुष रक्षक समूह पनि गठन गरिएको उनको भनाइ छ।

इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक प्रकाश खड्काले मनोरञ्जन क्षेत्रमा नियमित अनुगमन र नियमन गर्ने गरी सबै मिलेर मानव बेचबिखनलाई न्युनीकरण लाग्न आग्रह गरे। अहिले पनि धेरै हाेटल, रेस्टुरेन्टलाई अनुगमन नगर्दासम्म सुधार हुनसक्ने अवस्था नभएको उनको भनाइ छ। विराटनगरको रानी नाकाबाट सरदर दैनिक ५ जनाको उद्धार हुने गरेको उनले बताए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad