समाज


कस्तो होला आज देशभरको मौसम?

कस्तो होला आज देशभरको मौसम?

फाइल तस्बिर


नेपालखबर
माघ १७, २०८१ बिहिबार ७:१७, काठमाडौँ

हाल देशमा पश्चिमी वायुको प्रभाव छ। 

यतिबेला (बिहीबार बिहान) कोसी र गण्डकी प्रदेशका पहाडी भूभागको मौसम आंशिकदेखि साधारणतया बदली छ। बाँकी भागमा मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

तराईका धेरै स्थानमा अहिले हुस्सु र कुहिरो लागेको छ। 

आज दिउँसो सी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा मौसम आंशिकदेखि साधारणतया बदली रहने छ। 

देशका बाँकी भूभागमा मौसम सफा रहनेछ। कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

त्यसैगरी आज राति देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी भूभागमा मौसम सफा रहने महाशाखाले जनाएको छ। 

आगामी २४ घण्टामा कोसी र गण्डकी प्रदेश उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। 

महाशाखाले भनेको छ, ‘तराईका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको जनाउँदै त्यसबाट  दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा असर पर्नसक्ने भएकाले सम्बद्ध सबैलाई सतर्कता अपनाउन अनुरोध छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad