समाज


विपिन जोशी गाजामा छन्, तर आज रिहा हुने सूचीमा छैनन्: इजरायल

विपिन जोशी गाजामा छन्, तर आज रिहा हुने सूचीमा छैनन्: इजरायल

फाइल तस्बिर: विपिन जोशी


नेपालखबर
माघ १७, २०८१ बिहिबार ७:३२, काठमाडौँ

इजरायलले हमासको नियन्त्रणमा रहेका नेपाली विपिन जोशी जीवितै रहेको बताएको छ। 

द टाइम्स अफ इजरायलले प्रकाशन गरेको समाचारमा गाजामा बन्धक बनाइएकाहरूमा एक नेपाली पनि रहेको लेखिएको छ। नाम उल्लेख नगरिए पनि हमासले इजरायलमा गरेको आक्रमणका क्रममा बेपत्ता एक मात्र नेपाली विपिन जोशी हुन्।  

इजरायली अधिकारीहरूका अनुसार आज हमासले पाँच थाई नागरिकसहित ८ बन्धक रिहा गर्दै छ। तर यो सूचीमा नेपाली बन्धक परेका छैनन्। 

द टाइम्स अफ इजरायलका अनुसार हमासले आज रिहा गरिने ३ जनाको नाम मात्र सार्वजनिक भएको छ। जसमा २९ वर्षीय अर्बेल येहुद, १९ वर्षीय अगाम बर्गर र ८० वर्षीय गादी मोशे मोजेस छन्।

यसका साथै आज ५ थाई बन्धक पनि रिहा हुने इजरायली अधिकारीहरूले पुष्टि गरेका छन्। 

द टाइम्स अफ इजरायलले लेखेको छ, ‘गाजामा अझै आठ थाई बन्धक छन्, साथै एक नेपाली र एक तान्जानियाली पनि छन्। तर दुई थाई नागरिक र एक तान्जानियाली भने मृत घोषणा गरिसकिएको छ।’

इजरायल र हमासबीच यही जनवरी १९ देखि युद्धविराम भएको छ। 

यसबीच उनीहरूले सम्झौताअनुसार आफ्ना नियन्त्रणमा रहेका एकअर्काका नागरिकलाई रिहा गरिरहेका छन्। 

यस क्रममा हमासले आज तेस्रोपटक बन्धक रिहा गर्न लागेको हो। यसअघि दुईपटक गरेर हमासले ७ बन्धक तथा बदलामा इजरायलले २९० प्यालेस्टिनी कैदी रिहा गरिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad