समाज


सगरमाथा आरोहीलाई सम्मान

सगरमाथा आरोहीलाई सम्मान

नेपालखबर
माघ १६, २०८१ बुधबार १८:४१, काठमाडौँ

तामाङ सगरमाथा आरोही संघले काठमाडौँले सोनाम ल्होसारको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गर्दै सगरमाथा आरोहीहरूलाई सम्मान गरेको छ। सम्मानीत हुनेमा सगरमाथा आरोही चतुरकुमार तामाङ, जेस्मान तामाङ र तुलबहादुर तामाङ छन्।

पूर्वऊर्जा तथा जलश्रोत राज्यमन्त्रीसमेत रहेका प्रतिनिधिसभा सदस्य सूर्यमान दोङ, अन्तर्राष्ट्रिय तामाङ परिषद्का संस्थापक परशुराम तामाङ, पूर्वकृषि राज्यमन्त्री राधिका तामाङलगायतको उपस्थितिमा उनीहरूलाई सम्मान गरिएको हो।  

कार्यक्रममा संघकी अध्यक्ष शर्मिला स्याङतान (लामा)ले नेपालको आरोहण क्षेत्रलाई समृद्ध, व्यवस्थित तथा दिगो बनाउन भूमिका खेल्ने बताइन्। 

उनले आदिवासी समुदायका आरोहीहरूबीच सौहार्दता, मित्रता तथा एकता अभिवृद्धि गर्ने बताउँदै भनिन्,‘संस्थाले नेपालको पर्वतीय पर्यटनलाई समृद्ध, व्यवस्थित र दिगो बनाउन आवश्यक पहल गर्ने, तामाङ समुदायका आरोहीहरूलाई हिमाल आरोहण तथा कार्यस्थलमा आइपरेका समस्या वा दुर्घटना तथा अन्य आकस्मिक परिस्थितिमा सहयोग गर्ने छ।’

संघले हिमाल आरोहणको दौरान दुर्घटना भई घाइने भएका र मृत्यु भएका आरोहीका परिवारलाई सहयोग गर्दै आएको अध्यक्ष लामाको भनाइ छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad