समाज


देशका विभिन्न २१ ठाउँमा आगलागी

देशका विभिन्न २१ ठाउँमा आगलागी

फाइल तस्बिर


नेपालखबर
माघ १६, २०८१ बुधबार १८:२०, काठमाडौँ

पछिल्लो २४ घण्टामा देशका विभिन्न २१ स्थानमा आगलागीका घटना भएको छ।  ती आगलागीका घटनामा परेर ४ जना घाइते भएका छन्। नुवाकोट, महोत्तरी, धनकुटा र मोरङमा आगलागीबाट मानिस घाइते भएका हुन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सुक्खा मौसमका कारण पछिल्लो समयमा आगलागीका घटना बढिरहेको छ। 

झापा, मोरङ, सुनसरी, धनकुटा, भोजपुर, तेह्रथुम, सिरहा, महोत्तरी, रौतहट, सिन्धुपाल्चोक, काठमाडौँ, नुवाकोट, कैलाली, पाँचथर, कालिकोट र कञ्चनपुरमा आगलागी तथा डढेलोका घटना भएको प्रहरीले जनाएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad