समाज


एचपीभी खोप अभियान : मनीषा कोइराला सद्भनावना दूत घोषणा

एचपीभी खोप अभियान : मनीषा कोइराला सद्भनावना दूत घोषणा

नेपालखबर
माघ १६, २०८१ बुधबार १४:३३, काठमाडौँ

सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियानका निम्ति कलाकार मनीषा कोइरालालाई सद्भावना दूत घोषणा गरेको छ। उनलाई आगामी दुई वर्षका निम्ति सद्भावना दूत तोकिएको हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार घोषणा समारोहबीच दुई पक्षबीच सम्झौता गरिएको हो। सम्झौतापत्रमा कलाकार कोइराला र मन्त्रालयका तर्फबाट स्वास्थ्यसचिव डा. रोशन पोख्रेलले हस्ताक्षर गरेका छन्। 

विश्वसनीय चेहराबाट प्रचार गर्दा अभियान सफल हुने विश्वासका साथ कलाकार कोइरालालाई सद्भावना दूत छनाोट गरिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बताए। 

सम्झौतापत्रमा हस्ताक्षर गर्दै कलाकार कोइरालाले खोप अभियानमा र दुई वर्षसम्म नै सरकारलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन्।
 

माघ २२ देखि फागुन ६ गतेसम्म सञ्चालन हुने एचपीभी खोप अभियानका निम्ति सबै खोप केन्द्रमा खोप पुगिसकेको मन्त्री पौडेलले जानकारी दिए। अभियानमा १०–१४ वर्षसम्मका करिब १७ लाख बालिकालाई यो खोप दिइँदै छ। 

  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad