समाज


नेपाली सेनाले फोटो तथा बृहत् प्रदर्शनी गर्ने

नेपाली सेनाले फोटो तथा बृहत् प्रदर्शनी गर्ने

फाइल फोटो


नेपालखबर
माघ १३, २०८१ आइतबार २१:१४, काठमाडौँ

नेपाली सेनाले सेना दिवसका अवसरमा यही माघ १५ देखि १८ गतेसम्म जङ्गी अड्डामा फोटो तथा बृहत् प्रदर्शनी सञ्चालन गर्ने भएको छ।

प्रदर्शनीमा सेनासम्बन्धी विगतदेखि वर्तमानसम्मका गतिविधिहरू झल्कने फोटो, हातहतियार र उपकरणहरूको प्रदर्शनी गरिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

साथै प्रदर्शनीमा सैनिक पोसाक, सैनिक ब्यान्ड, सैनिक हवाई सेवा, घोडचढी, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष, शान्ति सेना, विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुद, राष्ट्रिय सेवा दलका साथै सैनिक विद्यालयलगायत गतिविधिको प्रदर्शनी हुने बताइएको छ।

आमनागरिकलाई सेनाका विविध गतिविधि नजिकबाट नियाल्ने अवसर प्रदान गर्ने उद्देश्यले आयोजना गर्न लागिएको उक्त प्रदर्शनीमा अवलोकनकर्तालाई माघ १५ गते दिउँसो १२ देखि साँझ ५ बजेसम्म र माघ १६ देखि १८ गतेसम्म बिहान १० देखि साँझ ५ बजेसम्म निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।

प्रदर्शनीबाट आमनागरिकका साथै विभिन्न तहमा अध्ययन गर्ने विद्यार्थीलाई सेनाका विभिन्न गतिविधिका बारेमा जानकारी हासिल गर्न सहज हुने निर्देशनालयले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad