ad ad

समाज


स्वास्थ्यका कर्मचारीलाई बिदाको दिन कार्यालयमा उपस्थित हुन र उपत्यका नछाड्न निर्देशन

स्वास्थ्यका कर्मचारीलाई बिदाको दिन कार्यालयमा उपस्थित हुन र उपत्यका नछाड्न निर्देशन

नेपालखबर
चैत ८, २०७६ शनिबार ८:२१,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो मातहतका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई सार्वजनिक बिदाका दिन पनि कार्यालयमा उपस्थित हुन र उपत्यका नछाड्न निर्देशन दिएको छ।

मन्त्रालयका उपसचिव प्रमोद सिंखडाले विश्वभर महामारीका रूपमा फैलिएको कोभिड–१९ रोगको संक्रमण नेपालभित्र रोक्ने कार्यमा व्यवस्थापन तथा परिचालन गर्नुपर्ने भएकाले उपत्यकाभित्रका मन्त्रालयअन्तर्गतका विभाग÷कार्यालयमा कार्यरत सबै कर्मचारीलाई बिदाका दिनमा समेत कार्यालयमा उपस्थित हुन निर्देशन दिएको जानकारी दिए।

मन्त्रालयले स्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभाग, आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभाग, आन्तरिक प्रशासन शाखा, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालगायत १८ कार्यालयलाई पत्र पठाई बिदाका दिन पनि कार्यालयमा उपस्थित हुन र उपत्यका नछाड्न निर्देशन दिएको हो।

उनका अनुसार विभाग÷कार्यालयमा कार्यरत सहसचिवस्तरका कर्मचारी, स्वास्थ्यकर्मी र विभागीय प्रमुखलाई सार्वजनिक बिदाका दिनमा समेत उपस्थित हुन भनिएको हो। उनले उपसचिव र अधिकृतस्तरका कर्मचारीलाई समेत काठमाडौँ उपत्यका नछाड्न निर्देशन दिएको बताए।

सरकारले कोभिड–१९ को सतर्कता अपनाउन भोलि (आइतबार) बाट अत्यावश्यक कामबाहेक कार्यालय नखोल्ने र सम्पूर्ण लामो दूरीका यातायातसमेत बन्द गर्ने निर्णय गरेको छ। अहिले विश्वमा नै कोभिड–१९ को सङ्क्रमण बढिरहेकाले सरकारले पनि सजगता अपनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .