समाज


कस्तो रहला आज देशभरको मौसम?

कस्तो रहला आज देशभरको मौसम?

फाइल तस्बिर


नेपालखबर
माघ १३, २०८१ आइतबार ६:४३, काठमाडौँ

हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

यतिबेला (आइतबार बिहान) कोसी, बागमती र कर्णाली प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली छ। तराईका धेरै स्थानमा अहिले हुस्सु र कुहिरो लागिरहेको छ।

देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।

‘बुलेटिनमा भनिएको छ, ‘बिहानको समयमा देशका तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।’

केहीबेर अघि काठमाडौँ उपत्यकाको तापक्रम ८ डिग्री सेल्सियम मापन भएको छ। आज दिउँसो काठमाडौँमा अधिकतम १८ डिग्री सेल्सियससम्म पुग्ने अनुमान महाशाखाले गरेको छ। 

आज बिहान ६ बजेर ५३ मिनेट जाँदा सूर्योदय भएको छ। सूर्यास्त साँझ पाँच बजेर ४० मिनेटमा हुनेछ। 

कस्तो होला आगामी तीन दिनको मौसम?


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad