समाज


१३ माघको राशिफल: कुम्भ र मकरको प्रेम सम्बन्धमा मधुरता छाउने, सिंह अवरोधमा पर्ने, तपाईँको के?

१३ माघको राशिफल: कुम्भ र मकरको प्रेम सम्बन्धमा मधुरता छाउने, सिंह अवरोधमा पर्ने, तपाईँको के?

ज्यो. मेनुका दाहाल
माघ १३, २०८१ आइतबार ४:४५, काठमाडौँ

आज आइतबार, १३ माघ २०८१ (२६ जनवरी २०२४)। हेर्नुस् आजको राशिफल-

मेष: दिन माध्यम नै रहनेछ। गरेका कार्यमा ढिलासुस्ती हुनेछ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। आत्मबल बढाएर काम गरेमा असफल भइँदैन तर महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुपर्ला। साँझमा पैसा खर्च पनि हुनसक्छ।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३४, व्यापारमा ६५, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ४१ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ३५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। कालो रङको प्रयोग नगर्ने।   

वृष: शुभ कार्यमा सरिक भइनेछ। पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ। नयाँ–नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ। सामाजिक कार्यमा रुचिका साथै यात्राको योग पनि देखिन्छ। वित्तीय संस्थाबाट सहयोग पाइनेछ।  

भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ७१, व्यापारमा ५४, सेयर बजारमा ६६, वैदेशिक कार्यमा ४९ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ५५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। भरिसक्के लामो यात्रा नगर्ने।  

मिथुन: कुनै समाचारले मनमा शान्ति छाउनेछ। लामो समयदेखि रोकिएका कामको गाँठो फुक्नेछ। नयाँ भौतिक सुख मिल्नुका साथै बोलीको प्रभावमा वृद्धि हुने देखिन्छ। अरूको मुख नताकी सही निर्णय लिन सके थप अवसर प्राप्त होला।

भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ७७, व्यापारमा ७५, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले साना केटीहरूलाई चकलेट दिने। सजिलै अरुको विश्वास नगर्ने।   

कर्कट: रोकिएको धन हात पर्ला। चलाखीपूर्ण बोलीले संकल्प सिद्ध हुनेछ। विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। कूटनीतिक नियोगको सहयोग मिल्ला। मनमा उत्साहका साथै बोली बिक्ने समय छ।

भाग्यशाली रङ गुलाबी र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ७०, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। तामसीक भोजन नगर्ने।  

सिंह: राम्रै काम गरेपनि कार्यमा अवरोध आउला। नजिकका व्यक्तिबाट कार्यमा बाधा आउला। आत्मबल बढाएर काम गरेमा असफल भइँदैन। साँझमा भने प्रतिष्ठित व्यक्तिहरूसँगको अन्तर्क्रियाले मनोबल उच्च बनाउनेछ।

भाग्यशाली रङ खैरो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४९, व्यापारमा ३५, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ४१%, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। भरिसक्के लामो यात्रा नगर्ने।

कन्या: शुभ समाचार सुन्न र शुभकार्यको चर्चा चल्नेछ। मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्राप्त होला। तार्किक क्षमता एवं बोलीको प्रभावले स्वरोजगार भइनेछ तर विश्वास पात्रले भाषा परिवर्तन गर्न सक्छन्।

भाग्यशाली रङ सेतो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ७५, व्यापारमा ७४, सेयर बजारमा ६९, वैदेशिक कार्यमा ७३ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ७२ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने। 

तुला: मनपर्ने व्यक्तिसँगको भेटघाटले कार्यक्षेत्रमा उत्साह जगाउनेछ। रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ। धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ। कृषि क्षेत्रबाट सफलता र रमाइलो यात्रा हुनेछ। पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, सेयर बजारमा ५१, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ६० र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुण खाने। छल कपट नगर्ने।

वृश्चिक: पुनर्मिलनको योग रहेको छ। अध्ययन अध्यापनको क्षेत्र सबल रहनेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। सामाजिक उत्तर दायित्व या पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ।

भाग्यशाली रङ आकाशे र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ७१, सेयर बजारमा ६५, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।  

धनु: स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ। बाहिरी गफगाफमा भुलिँदा व्यापारव्यवसायमा असर पर्ला। दिनको उत्तरार्धमा आम्दानीभन्दा बढी धन खर्च हुनेछ तर लामो यात्रा सफल हुनेछ।

भाग्यशाली रङ रातो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४०, सेयर बजारमा ४६, वैदेशिक कार्यमा ४२ र शिक्षामा ४८%
प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ४७, यात्राको योग ४५ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीहरूलाई खानेकुरा दिने। झुट नबोल्ने।

मकर: साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला। तार्किक क्षमता एवं बोलीको प्रभावले स्वरोजगार भइनेछ। वैदेशिक काम र प्रक्रिया सहजै अघि बढ्नेछन्। सरकारी निकायको भय रहनेछ। आत: सावधान रहनुहोला।

भाग्यशाली रङ पर्पल र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ७०, व्यापारमा ६८, सेयर बजारमा ५५, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ६७ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छल कपट नगर्ने।    

कुम्भ: स्वादिष्ट भोजन पाइनेछ। चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ। प्रेम सम्बन्धमा मधुरता छाउनेछ। पुनर्मिलनको योग रहेको छ। ठीक समयमा सही निर्णय लिन सकिनेछ तर पढाइलेखाइमा प्रगति गर्न नसकिने देखिन्छ।

भाग्यशाली रङ सेतो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ६६, व्यापारमा ४९, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६१%
प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरुको विश्वास नगर्ने।

मीन: नयाँ लक्ष्य प्राप्तिको योग देखिन्छन्। घरमा अतिथिको आगमन हुनेछ। प्रेमसम्बन्ध र प्रणयप्रसंगका लागि श्रेष्ठ समय छ। ठूला व्यक्तिले तपाईंको मेहनतको प्रशंसा गर्नेछन् तर शरीरको कुनै पनि भागमा चोट लाग्ने सम्भावना छ।

भाग्यशाली रङ निलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ७० ,सेयर बजारमा ६२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ७५ प्रतिशत सफलता मिल्नेछ।

यस्तै स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षारोपण गर्ने। उत्तर दिशा नजाने।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad