काठमाडौँको गोकर्णेश्वर नगरपालिका ४ गोकर्णस्थित खाली चौरमा एक युवक मृत फेला परेका छन्।
हाल नाम, थर, वतन नखुलेका अन्दाजी २६ वर्षीय पुरुष मृत फेला परेको प्रहरीले जानकारी दिएको छ।
शुक्रबार मृत अवस्थामा फेला परेका युवकको सनाखत गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ। यस्तै घटनाको सम्बन्धमा पनि प्रहरीले अनुसन्धान थालेको छ।
यसैबिच ललितपुरको महांकाल गाउँपालिका–४ बागभैरवका ३७ वर्षीय मनुराज वाइबा मृत फेला परेका छन्।
उनी सोही गाउँपालिका बागभैरव डाँडास्थित सडकमा शुक्रबार मृत फेला परेको प्रहरीले जानकारी दिएको छ।
कास्कीको पोखरा महानगरपालिका ६ बसुन्धारा पार्कभित्र सोही महानगरपालिका १५ ठुली मजुवा घर भएका ३२ वर्षीय कृष्ण बानिया शुक्रबार मृत अवस्थामा फेला परेका छन्।
रामेछापमा गोकुलगंगा गाउँपालिका ३ बाबरे बस्ने ८४ वर्षीया लीलाकुमारी सुनुवार आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन्।
उदयपुर, ताप्ली गाउँपालिका २ धारापानी बस्ने ५३ वर्षीया रामकुमारी राई सोही गाउँपालिका २ स्थित नारीमाला जङ्गलमा शुक्रबार मृत फेला परेकी छिन्।
झापाको मेचीनगर नगरपालिका ७ पाथीभराका ४६ वर्षीय जीवन राज पाण्डे आफ्नै घरमा शुक्रबार मृत फेला परेका छन्।
Shares

प्रतिक्रिया