समाज


नेसनल प्याथल्याबको नयाँ शाखा ललितपुरमा

नेसनल प्याथल्याबको नयाँ शाखा ललितपुरमा

नेपालखबर
माघ ११, २०८१ शुक्रबार १६:१५, काठमाडौँ

नेपालको पहिलो आणविक तथा आनुवंशिक डायगोनस्टिक्स प्रयोगशाला नेसनल प्याथ ल्यावले ललितपुरबाट पनि सेवा शुभारम्भ गरेको छ।

शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै नेसलन प्याथ ल्यावले आफ्नो १२ औँ शाखा ललितपुरको लगनखेलमा उद्घाटन गर्दै सेवा शुभारम्भ गरेको हो।

शाखाको उद्घाटन नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. चोपलाल भुसालले गरे। उनले नेसलन ल्याबको माध्यमबाट नागरिक तहमा रोजगारी समेत उत्पादन भएको उल्लेख गर्दै सरकारको सहयोग आवश्यक रहेको बताए।

डा. भुसालले तन्तु प्रत्योपरणको लागि कानुनले नदिने समेत बतास्पष्ट पारे। कुनैपनि किसिमको तन्तु प्रत्यारोपणका लागि सरकारले अनुमति नदिने भएपनि पठाइराखिएको उनले बताए

उनले भने, ‘मुख्य कुरा के हो भने तन्तु प्रत्यारोपण गर्न हामीलाई कानुनले दिँदैन। हामीले नेपालको सिमाबाहिर यसरी तन्तु पठाउन पनि पाइँदैन। तर पठाइराखिएको छ। आवश्यकता पनि हो। तन्तु प्रत्यारोपणको लागि सरकारको स्वीकृति नलिइकन बोर्डरभन्दा बाहिर कुनैपनि टिस्यु पठाउन पाउनुहुन्न।’


स्याम्पल परीक्षण तथा कर्मचारीका हिसाबले नेसनल प्याथ ल्याब नेपालकै ठूलो ल्याब भएको समेत उनको दाबी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad