कारोबार


क्रोएसिया पठाइदिने बहानामा ठगी गरेको आरोपमा महिला पक्राउ

क्रोएसिया पठाइदिने बहानामा ठगी गरेको आरोपमा महिला पक्राउ

नेपालखबर
माघ ११, २०८१ शुक्रबार १६:२७, काठमाडौँ

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी जापान लैजाने भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ परेकी छन्।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–२ बस्ने वर्ष ४० की लालीमाया दर्लामी रहेकी छन्।

उनले वैदेशिक रोजगारीका लागि क्रोयशिया पठाइदिने भन्दै ५ लाख ७५ हजार रुपैयाँ लिएर फरार भएको प्रहरीले जनाएको छ।

लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितले दिएको जाहेरी दरखास्तका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरेको हो।

दर्लामी उपर थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौंमा पठाईएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad