समाज


गोरखामा आगलागी हुँदा तीन घर जलेर नष्ट

गोरखामा आगलागी हुँदा तीन घर जलेर नष्ट

नेपालखबर
माघ ११, २०८१ शुक्रबार ७:४०, काठमाडौँ

गोरखाको चुमनुब्री गाउँपालिका-६, ताजुमा आगलागी हुँदा तीनवटा घर पूर्णरुपमा जलेर नष्ट भएको छ।

बिहीबार साँझ स्थानीय कुञ्जन छिरिङको दुईतल्ले कच्ची घरसहित तीनवटा घर जलेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिए।  

खाना पकाउने चुल्होमा बलिरहेको आगो घरबाहिर फाल्न प्रयोग भएको पाइपमा सल्किएपछि आगलागी भएको अनुमान गरिएको छ। 

आगलागीबाट छिरिङको दुई वटा कच्ची घर, भूकम्पपछि निर्माण गरिएको अर्को एक घर जलेको छ। घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाडाकुँडा जलेर नष्ट भएको शर्माले जानकारी दिए। 

त्यस्तै एउटा घरको भुई तल्लामा रहेको आठ वटा गाई र तीन वटा गोरु आगलागीमा परेर मरेको उनको भनाइ छ। सोही ठाउँमा रहेका पाँच वटा गाईको भने उद्धार गरिएको छ। आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

आगलागीको जानकारी प्राप्त भए लगत्तै चुन्चेत प्रहरी चौकीबाट खटिएको प्रहरीको टोली र स्थानीयवासी मिलेर आगो निभाएको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad