समाज


काँकरभिट्टाबाट काठमाडौं आउँदै गरेका भारतीय नागरिक खैरो हिरोइनसहित पक्राउ

काँकरभिट्टाबाट काठमाडौं आउँदै गरेका भारतीय नागरिक खैरो हिरोइनसहित पक्राउ

नेपालखबर
माघ १०, २०८१ बिहिबार १६:२३, काठमाडौँ

काँकरभिट्टादेखि काठमाडौंतर्फ आउँदै गरेका तीन व्यक्ति खैरो हिरोइन जस्तो देखिने पदार्थसहित पक्राउ परेका छन्।

प्र.१–०१–००६ ख ४७९६ नम्बरको यात्रुवाहक बसलाई प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोली तथा लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय नागढुङ्गा सहितको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन्।

उक्त बसको साईड बी को १३ नं. सिटमा सवार भई आएका गोबिन्द बालालाई शंका लागि चेकजाँच गर्दा लुकाई छिपाई गरी ल्याएको अवस्थामा लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

उनको साथबाट बरामद भएको उक्त पदार्थको तौल १५० ग्राम रहेको छ। सोधपुछका क्रममा उक्त लागुऔषध रमन महर्जन र बिनोद तामाङले ल्याउन लगाएको भनि बताएकोले उक्त लागुऔषधसँग सम्बन्धित व्यक्तिहरूको खोजतलास गर्ने क्रममा बा ५१ प ७५५८ मोटरसाइकल सहित लागुऔषध रिसिभ गर्न बसेको अबस्थामा फेला पारी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

पक्राउ परेका उपर प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भई रहेको छ।

पक्राउ पर्नेमा भारतको उत्तर उत्तर दिनेशपुर बस्ने अन्दाजी वर्ष ३७ को गोबिन्द बाला, काठमाडौं चन्द्रागिरी नगरपालिका–११ बस्ने वर्ष २६ को रमन महर्जन र धादिङको थाक्रे गाउँपालिका–११ बस्ने वर्ष ३८ को बिनोद तामाङ रहेका छन्।

उनीहरूबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १५० ग्राम र बा.५१ प ७५५८ नं.को रातो कलरको २२० सीसी पल्सर मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad