समाज


भारतको महाराष्ट्रमा रेलले किच्दा मृत्यु भएका १३ जनामध्ये ३ नेपाली

भारतको महाराष्ट्रमा रेलले किच्दा मृत्यु भएका १३ जनामध्ये ३ नेपाली

घटनास्थल


नेपालखबर
माघ १०, २०८१ बिहिबार १०:२१, काठमाडौँ

भारतीय राज्य महाराष्ट्रको जलगाउँमा बुधबार रेलले किच्दा ३ नेपालीको मृत्यु भएको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार सो दुर्घटनामा नेपालका बासिन्दा करिब ११ वर्षका हिमु नन्दराम विश्वकर्मा, २३ वर्षीय लच्छी राम पासी र ४३ वर्षीया कमला नवीन भण्डारीको मृत्यु भएको हो। तर उनीहरूको नेपालको स्थानीय ठेगाना समाचारमा खुलाइएको छैन। 

बुधबार दिउँसो लखनऊबाट मुम्बई जाँदै गरेको रेल महाराष्ट्रको जलगाउँ जिल्लाको रेलवे ट्र्याकमा रोकिएको थियो।

यहीबीच रेलको कुनै डिब्बामा आगो लागेको अफवाह फैलिएपछि डरले यात्रुहरू ट्र्याकको अर्को छेउमा हाम फाले।

जति बेला अर्को रेल कर्नाटक एक्सप्रेस त्यही ट्र्याक भएर आउँदै थियो, जसले किच्दा उल्लिखित ३ नेपालीसहित १३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। 

एउटा रेलका यात्रुलाई अर्को रेलले कसरी किच्यो भनेर बुझाउने सांकेतिक तस्बिर

यीमध्ये अहिलेसम्म ७ जनाको मात्र पहिचान भएको छ। जसमा तीन नेपालीबाहेक अन्य ४ जनामा ज्वाकला भाटे (उमेर ५०), नसिरुद्दिन बद्रुद्दीन सिद्दीकी (उमेर लगभग २० वर्ष, गोंडा निवासी), इन्तेजाज अली (उमेर ३५ वर्ष, गुलरिहा उत्तर प्रदेश निवासी) र बाबु खान (लगभग ३० वर्ष) छन्। 

अब ४ पुरुष र २ महिला मृतकको पहिचान खुल्न बाँकी छ। १० जना घाइतेको अस्पतालमा उपचार भइरहेको छ।

सेन्ट्रल रेलवेको भुसावल डिभिजनका आधिकारिक स्रोतहरूले घटना भएको ठाउँमा तीव्र मोड आएको बताएका छन्। जसका कारण अर्को ट्रयाकमा बसेका यात्रुहरूले रेल आएको थाहा पाउन सकेनन्।

यही कारणले गर्दा यति ठूलो संख्यामा मानिसहरू कर्नाटक एक्सप्रेसले कुल्चियो। रेलवेका सीपीआरओ स्वप्निल नीलाले भने- घटनास्थल मुम्बईबाट ४०० किलोमिटर टाढा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad