समाज


राशिफल ९ माघ : वृश्चिकको घरव्यवहारमा झमेला आउने, मीनलाई मिश्रित फल मिल्ने, तपाईँको के?

राशिफल ९ माघ : वृश्चिकको घरव्यवहारमा झमेला आउने, मीनलाई मिश्रित फल मिल्ने, तपाईँको के?

ज्यो. मेनुका दाहाल
माघ ९, २०८१ बुधबार ४:३७, काठमाडौँ

आज बुधबार, ९ माघ २०८१ (२२ जनवरी २०२५)। हेर्नुस् आजको राशिफल-

मेष : भाग्यले साथ दिनेछ। धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुन सक्छ। आफन्तजनहरू खुसी हुने समाचार दिन सकिन्छ। मनोरञ्जनको क्षेत्रमा गरेको लगानीबाट श्री प्राप्ति हुनेछ। लुकेको प्रतिभाको सहज विकास हुनेछ।

भाग्यशाली रङ निलो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ५६, व्यापारमा ७९, सेयर बजारमा ७८, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ३९ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। छलकपट नगर्ने।

वृष : धार्मिक र सामाजिक महत्त्व बोकेको क्षेत्रमा भ्रमण हुन सक्छ। पुराना साथीभाइसित भेटघाट होला। मिहिनेतको राम्रो नतिजा हात पर्नेछ। ससाना यात्राबाट राम्रो फल मिल्नेछ। विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ५४, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७८, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षरोपण गर्ने। सेतो रङको प्रयोग नगर्ने।

मिथुन : मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ। इष्टमित्रसँग भेटघाट गर्ने अवसर जुट्नेछ। लुकेको प्रतिभा र योग्यताको कदर हुनेछ। चिताएको कामले तीव्रता लिनेछ। धार्मिक कार्य सफल रहनेछ।

भाग्यशाली रङ निलो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ७६, व्यापारमा ४७, सेयर बजारमा ७९, वैदेशिक कार्यमा ५० र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अरूलाई नसताउने।

कर्कट : स्वरोजगारीका निम्ति दौडधुप गर्नुपर्ने हुन सक्छ। मनोरञ्जनमा लाग्दा अवसर गुम्न सक्छ। अनावश्यक झमेलामा परिएला। सामान हराउने योग छ। साँझमा सुखद भेटघाट हुनेछ। परोपकारी कार्यमा संलग्न भइनेछ।

भाग्यशाली रङ हरियो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ३९, व्यापारमा पनि ३९ , सेयर बजारमा ४२, वैदेशिक कार्यमा ३८ र शिक्षामा ४३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। भरिसक्के लामो यात्रा नगर्ने।

सिंह : धैर्यताले अवसर दिलाउनेछ। सजिलै अरूको मन जित्न सकिनेछ। परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ। मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ। व्यावसायिक जीवनमा सुधार आउनेछ।

भाग्यशाली रङ आकासे र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६६, सेयर बजारमा ८१, वैदेशिक कार्यमा ६६ र शिक्षामा ५२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गर्ने। अरूको ईर्ष्या नगर्ने।

कन्या : प्राविधिक कार्य सफल हुनेछ। आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला। धार्मिक, सामाजिक र अरूको हित हुने काममा समय व्यतीत हुन सक्छ। आफ्नै प्रयासमा सुनिश्चित गरिएका कार्यबाट सफलता प्राप्त हुनेछ।

भाग्यशाली रङ रातो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ७७, व्यापारमा ६९, सेयर बजारमा ५१, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५८, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। नवग्रहको स्मरण गरी कार्य प्रारम्भ गर्ने।

तुला : परोपकारजन्य कार्यमा लगाव बढ्ने र धन सञ्चयको अवसर प्राप्त हुनेछ। बन्धुबान्धवबाट सहयोग मिल्नेछ। भौतिक सुखमा बढोत्तरी हुनेछ। दाजुभाइ र दिदीबहिनीबाट सहायता मिल्नेछ। पठनपाठनमा प्रगति हुनेछ।

भाग्यशाली रङ रातो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६७, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। कसैलाई सजिलै विश्वास नगर्ने।

वृश्चिक : मन खिन्न हुने स्थिति आउनेछ। महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। घरव्यवहारमा झमेला आउन सक्छ। सामान हराउने वा चोरी हुने भय छ। साँझमा रोकिएको काम दोहोर्‍याएर प्रयत्न गर्दा सफलता मिल्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४९, सेयर बजारमा ४४, वैदेशिक कार्यमा ३८ र शिक्षामा ३५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६९, यात्राको योग ६१ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। उत्तर दिशा नजाने।

धनु : गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ। धैर्यतापूर्वक काम गर्नुपर्ने देखिन्छ। सफल यात्रा गर्ने अवसर जुट्नेछ। परिवारलाई समय दिन सकिनेछ। शुभकार्यको चर्चा चल्नेछ। मित्रसँग मीठो भेटघाट रहला।

भाग्यशाली रङ सेतो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६०, सेयर बजारमा ७८, वैदेशिक कार्यमा ५८ र शिक्षामा ५२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ६३ र सम्पूर्ण भाग्याङ्क ४४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। कालो रङको प्रयोग नगर्ने।

मकर : कुनै समाचारले मनमा शान्ति छाउला। वाणीमा कुशलता आउने दिन परेको छ। प्रेमीको सहयोग पाइनेछ। मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ। सञ्चारमाध्यमबाट शुभ समाचार प्राप्त हुनेछ। नयाँ कामको थालनी हुनेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क २ हो। प्रेम र सम्बन्धमा ७१, व्यापारमा ६२, सेयर बजारमा ५९, वैदेशिक कार्यमा ६० र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

कुम्भ : आफन्त, सहयोगी र मित्र वर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुन सक्छ। भेटघाट र मनोरञ्जनमा सहभागी भइएला। नयाँ र शुभकार्यको चर्चा चल्नेछ। प्रेम जीवन सबल र सफल हुनुका साथै आम्दानीका स्रोत बढ्नेछन्।

भाग्यशाली रङ गुलाबी र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७८, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। खैरो रङको प्रयोग नगर्ने।

मीन : मिश्रित फल मिल्नेछ। घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ। वैदेशिक कार्यमा उल्झन आउनेछ। परिवारमा मेलमिलाप राम्रै हुनेछ।

भाग्यशाली रङ रातो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ४९, व्यापारमा ६८, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ३७ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad