समाज


सुप्रिम सहकारीको मुद्दामा रविको बयान : बैंकबाट भेरिफाइ गरेको हो भने केवाईसी फारम र दस्तखत मेरै हो

सुप्रिम सहकारीको मुद्दामा रविको बयान : बैंकबाट भेरिफाइ गरेको हो भने केवाईसी फारम र दस्तखत मेरै हो

नेपालखबर
माघ ६, २०८१ आइतबार २०:८, काठमाडौँ

रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगीमा थप २२ जनालाई प्रतिवादी बनाउँदै आइतबार पुरक अभियोग दर्ता भएको छ। इलाका प्रहरी कार्यालय बुटवलको अनुसन्धानपछि आइतबार अदालतमा मुद्दा दायर भएको हो।

पुरक अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित २२ जनालाई प्रतिवादी बनाइएको छ। यस्तै यसअघि नै प्रतिवादी बनाएर मुद्दा दायर भइसकेका २८ जना मध्ये १७ जनालाई भने थप अभियोग र बिगो कायम गर्दै मुद्दा दायर गरिएको छ। यसससँगै सुप्रिम सहकारी ठगीको कसुरमा ४२ जनाविरुद्ध मुद्दा दायर भएको हो। 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले गोर्खा मिडिया नेटवर्कमा प्राप्त गरेको एक करोड ८० लाख रुपैयाँ बराबरको शेयर बापत पनि यही सहकारीबाट रकम लगेर खरिद गरेको देखाइएको थियो। तर लामिछानेले भने आफ्नो कार्यकालमा कुनै पनि सहकारीबाट रकम ल्याउने निर्णय नभएको बयान दिएका छन्। 

उनीसँग बयान लिँदा अनुसन्धान अधिकारीहरुले उनले केवाईसी फारम र दस्तखत समेत देखाएको थियो। त्यसक्रममा भने उनले आफ्नै दस्तखत भएको स्वीकार गरेका छन्। 

केवाईसी फारम भर्दा र दस्तखत गर्दा लामिछाने गोर्खा मिडियामा सक्रिय भइसकेका थिएनन्। उनले बयानका क्रममा पनि यो स्वीकार गरेका छन्। 

‘त्यस समयमा म उक्त कम्पनीमा सक्रिय भइसकेको थिइनँ। तर सहमती र सम्झौताले प्रतिवद्ध भइसकेको थिएँ। टेलिभिजन संचालन प्रयोजनार्थ र समझदारी बमोजिम म न्युज २४ टीभी छाडि सहकार्य गर्न आउने कुराको सुनिश्चितता र त्यसको प्रतिवद्धता स्वरुप यो खाता गोर्खा मिडिया नेटवर्क प्रालि संचालनको प्रयोजनार्थ खोलिएको हुनुपर्छ। सम्बन्धि बैंकसँग भेरीफाई गरेर सवालमा राखिएको हो भने देखिएको हस्ताक्षर र तस्विर मेरो हो’, उनले बयानमा स्वीकार गरेका छन्।

अभियोग उनको बयानसँगै उनीसँग सम्बन्धित चेकहरु र रविको फोटोसहितको केवाईसी फारम पनि राखिएको छ। 

रवि लामिछानेको बयान र उनीसँग सम्बन्धित प्रमाणहरु 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad