कोशी


कोसीमा कृषि इन्टर्नसिपको लागि अन्तिम वर्ष विद्यार्थीलाई मासिक १० हजार दिने

कोसीमा कृषि इन्टर्नसिपको लागि अन्तिम वर्ष विद्यार्थीलाई मासिक १० हजार दिने

नेपालखबर
माघ ५, २०८१ शनिबार २०:९, विराटनगर

कोसी प्रदेश सरकारले विद्यार्थीहरूलाई इन्टर्नसिपका लागि मासिक १० हजार रुपैयाँ दिने भएको छ।

कोसी प्रदेश सरकार उद्योग, कृषि तथा सहकारी मन्त्रालयले कृषि, भेटेरिनरी, पशु विज्ञान, मत्स्य विषयमा स्नातक तहको अन्तिम वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई इन्टर्नसिपका लागि मासिक १० हजार रुपैयाँ दिने भएको हो।

कृषि इन्टर्न परिचालन कार्यक्रम कार्यान्वयन कार्यविधि २०८१  स्वीकृत भएसँगै अब यो कार्यान्वयनको बाटो खुलेको हो। उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगामले कार्यक्रम स्वीकृत गरेको जानकारी दिए।

सम्बन्धित विषयका विद्यार्थीहरूले इन्टरशिप इन्टर्नसिपको लागि रकम पाउने बाटो खुलेको उनले बताए। कृषि विषयमा अध्ययन गर्न विद्यार्थीहरूलाई प्रेरित गर्न कार्यक्रम सुरु गरिएको मन्त्री हाङगामको भनाई छ।  

आर्थिक अवस्था कमजोर भएका, कृषि क्षेत्रमा नै केही गर्न चाहने विद्यार्थीहरूलाई यो कार्यक्रमले सहज हुने हाङ्गामले बताए।

पछिल्लो ५ वर्षदेखि निरन्तर कृषि तथा भेटेनरी पढाउँदै आएका कृषि क्याम्पसहरूले गर्ने मागको आधारमा सरकारले इन्टर्नसिपको लागि मासिक १० हजार प्रति विद्यार्थी रकम उपलब्ध गराउने कार्यविधिमा उल्लेख गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad