समाज


युरोपका विभिन्न देशबाट पोल्यान्ड ल्याउन प्रलोभन दिने गिरोहसँग होसियार: दूतावास

युरोपका विभिन्न देशबाट पोल्यान्ड ल्याउन प्रलोभन दिने गिरोहसँग होसियार: दूतावास

नेपालखबर
माघ ४, २०८१ शुक्रबार १९:५५, काठमाडौँ

जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासले पोल्यान्डलगायत युरोपका विभिन्न मुलुकमा आउन भन्दै आकर्षक रोजगारीको प्रलोभन र झुटा विवरणको प्रचार भइरहेको जानकारी प्राप्त भएकोले त्यसप्रति सचेत रहन भनेको छ।

दूतावासले शुक्रबार एक सूचना जारी गर्दै भ्रम र प्रलोभनमा नपर्न सचेत गराएको हो। विधिवत् रूपमा जुन मुलुकका लागि श्रम स्वीकृति लिएको हो, सोही मुलुकमा मात्र कार्यरत रहन दूतावासले आग्रह गरेको छ।    

'टिकटक, फेसबुकलगायत सामाजिक सञ्जालमार्फत केही समययता नेपालीहरूलाई राम्रो रोजगारीको प्रलोभन देखाई ठगी गर्ने र अलपत्र पार्ने गरेको जानकारी आएकाले विधिवत रूपमा जुन मुलुकका लागि श्रम स्वीकृति लिएको हो, सोही मुलुकमा मात्र कार्यरत रहन र प्रलोभनमा नपर्न' सूचनामार्फत भनेको छ।

दूतावासले गैरकानुनी कार्यमा कोही कसैलाई संलग्न नहुन र कोही भए त्यसको प्रमाणसहित उजुरी गर्न पनि अनुरोध गरेको छ।

केही समयदेखि टिकटक, फेसबुकलगायत सामाजिक सञ्जालमा खुलेआम विज्ञापन गरेर माल्टा, रोमानिया, क्रोएसिया, बुल्गेरिया, स्लोभाक, स्विडेन, स्लोभानिया, हङ्गेरीलगायत मुलुकहरूबाट नेपालीलाई पोल्यान्ड ल्याउने गिरोह सक्रिय देखिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad