समाज


काठमाडौँ- तराई द्रुतमार्गको निरीक्षणमा राष्ट्रपति (तस्बिरहरू)

काठमाडौँ- तराई द्रुतमार्गको निरीक्षणमा राष्ट्रपति (तस्बिरहरू)

काठमाडौँ–तराई मधेस द्रुतमार्गको निरीक्षणमा राष्ट्रपति। तस्बिरहरूः राष्ट्रपति कार्यालय


नेपालखबर
माघ ४, २०८१ शुक्रबार १२:५३, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन काठमाडौँ–तराई मधेस द्रुतमार्ग (फाष्ट ट्रयाक) आयोजनाको निरीक्षण गरेका छन्। निरीक्षणका क्रममा भइरहेका काम कारबाही र प्रगतिबारे उनले जानकारीसमेत लिए।

उनले निर्माणाधीन सुरुङ, पुल र सडकको अवलोकन गर्नुका साथै आयोजना सम्पनन गर्न भइरहेका प्रयास र प्रयत्नबारे आवश्यक जानकारी लिए। 
 


मुलुकका राष्ट्रिय गौरवका आयोजनामध्ये सबैभन्दा प्राथमिकतामा रहेको उक्त आयोजना  नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको छ। निरीक्षणपछि राष्ट्रपति पौडेलले आयोजनालाई तोकिएको समयावधिभित्र पूरा गर्न उच्च मनोबलका साथ काम गर्न सेनालाई निर्देशन दिए।  

काठमाडौँ, ललितपुर, मकवानपुर हुँदै बाराको निजगढमा पुगेर पूर्वपश्चिम राजमार्गमा जोडिने द्रुतमार्ग निर्माणपछि मुलुकको विकास र समृद्धि ठूलो योगदान पुग्ने अपेक्षा राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad