समाज


संवैधानिक नियुक्ति विवादको सुनुवाइबाट न्यायाधीश फुयाल अलग्गिए, सुनुवाइ अर्को पेसीमा

संवैधानिक नियुक्ति विवादको सुनुवाइबाट न्यायाधीश फुयाल अलग्गिए, सुनुवाइ अर्को पेसीमा

नेपालखबर
माघ २, २०८१ बुधबार १५:४०, काठमाडौँ

विभिन्न संवैधानिक निकायका ५२ जना पदाधिकारीको नियुक्ति विवादको सुनुवाइबाट न्यायाधीश हरिप्रसाद फुयाल अलग्गिएका छन्।

उनले संवैधानिक इजलासमा बुधबार आफू यस मुद्दाको सुनुवाइबाट अलगिएको घोषणा गरेका हुन्।

मुद्दाको सुनुवाइका लागि पालो आएपछि आफूले हेर्न नमिल्ने भएकाले अलगिएको घोषणा गरेका थिए।

यो घोषणासँगै अब उनीबाहेकको संवैधानिक इजलास गठन हुनेछ।  

तत्कालीन केपी शर्मा ओली नेतृत्वको संवैधानिक परिषद्को सिफारिसमा नियुक्त भएका ५२ जना संवैधानिक पदाधिकारीसम्बन्धी विवाद ४ वर्षदेखि सर्वोच्चमा विचाराधीन छ।

२०७७ सालमा सुरू भएको विवाद संवैधानिक इजलासमा विभिन्न कारणले सुनुवाइ प्रभावित हुँदै आएको छ।

आज (बुधबार) प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीशहरू सपना प्रधान मल्ल, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठ रहेको इजलासमा पेसी चढेको थियो। 

यस विवादको अघिल्लो पेसी पुस १७ गते थियो। त्यस दिन इजलास सुरु हुनै लाग्दा रिट निवेदकहरू आज सुनुवाइको पालो आउँछ कि आउँदैन भनेर जानकारी लिन पुगेका थिए। त्यसबेला उनीहरूलाई इजलासबाट ‘पालो आउन पनि सक्छ’ भन्ने जवाफ दिइएको थियो।

त्यसै क्रममा निवेदक अधिवक्ता ओमप्रकाश अर्यालले न्यायाधीश फुयालले यो विवाद हेर्न मिल्ने हो कि होइन भनेर पनि जिज्ञासा राखेका थिए। जवाफमा न्यायाधीश फुयालले ‘तथ्यमा प्रवेश गरेपछि थाहा हुने’ बताएका थिए।

यसअघि फुयालले संवैधानिक इजलासमा चलिरहेको सुनुवाइ रोक्न एकल इजलासबाट अन्तरिम आदेश दिँदा आलोचना भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad