निरन्तर पाँच कारोबार दिन घटेको नेप्से बुधबार झिनो अंकले बढेको छ। बुधबार नेप्से सूचक १.८३ अंकले बढेर २५९५.९६ अंकमा आइपुगेको हो। पुस २३ गतेबाट निरन्तर घटेको नेप्से बुधबार भने झिनो अंकले बढेको हो।
नेप्से बढेसँगै विकास बैंक, होटल एण्ड टुरिजम, जलविद्युत, जीवन बिमा, व्यपार,अन्य र उत्पादन प्रशोधन समूहको उपसूचक बढ्दा बैंकिङ, वित्त, लगानी, लघुवित्त, निर्जीवन बिमा र म्युचुअल फन्डको सूचक घटेका हुन्।
आज कुल कारोबारमा आएका कम्पनीमध्ये १२४ कम्पनीले कमाउँदा १०८ कम्पनीले भने आज पनि मुल्य गुमाएका छन्। १० वटा कम्पनीको भने आजको बजारमा मूल्यमा फेरबदल भएन।
बढ्नेमा आज अधिकांश जलविद्युत कम्पनीहरु अगाडि छन्। यो दिन डोल्टी पावर कम्पनीको मूल्यमा १० प्रतिशतको मूल्य बृद्धि हुँदा सकारात्मक सर्किट लागेको छ भने सुपर माई हाइड्रोको ९.८१ प्रतिशतले मूल्य बढेको छ।
यो सँगै आज बराही हाइड्रो, स्वेतगंगा हाइड्रो, खानीखोला लगायतका जलविद्युत कम्पनीहरु सर्वाधिक कमाउनेमा अगाडि देखिएका छन्।
यस्तै, गुमाउनेमा भने आज न्यादी हाइड्रो अगाडि छ। यो कम्पनीको मूल्यमा १० प्रतिशतको गिरावट सँगै नकारात्मक सर्किट लागेको हो।
यो बाहेक पोखरा फाइनान्स,जानकी फाइनान्स, नेपाल फाइनान्स मूल्य गुमाउनेमा अगाडि देखिएका छन्। यी तीन वटै फाइनान्स कम्पनीको मूल्यमा क्रमश ९.०५ प्रतिशत, ७.८३ प्रतिशत र ७.८३ प्रतिशतले मूल्य घटेको हो।
कारोबार सुरु हुँदाबाट निरन्तर घटेको नेप्सेमा लगानीकर्ताले कारोबारलाई पनि खुम्च्याएका छन्। सोमबार ६ अर्ब ६५ करोड रुपैयाँ बराबरको सेयर कारोबार गरेका लगानीकर्ताले आज ५ अर्ब ८२ करोड रुपैयाँ मात्रैको सेयर कारोबार गरेका हुन्।
Shares

प्रतिक्रिया