समाज


तिब्बतमा परकम्प, काठमाडौँसम्म धक्का

तिब्बतमा परकम्प, काठमाडौँसम्म धक्का

पुस २३ गते बिहान तिब्बतमा ६.८ म्याग्निच्युडको भूकम्प जाँदा त्यहाँ भत्किएका संरचना।


नेपालखबर
पुस २९, २०८१ सोमबार २०:३९, काठमाडौँ

आज (सोमबार) साँझ काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ। 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार तिब्बतमा गएको परकम्पले काठमाडौँमा पनि झट्का महसुस भएको हो।  

‘सोमबार साँझ ६ बजेर ४२ मिनेट जाँदा तिब्बतको डिङ्गी काउन्टी आसपास केन्द्रबिन्दु भएर ५.६ म्याग्निच्युडको परकम्प गएको हो’, उनले नेपालखबरसँग भने, ‘जसको धक्का काठमाडौँसम्म महसुस भएको थियो।’ 

यही पुस २३ गते बिहान तिब्बतको तिङ्ग्री काउन्टी केन्द्रबिन्दु भएर ६.८ म्याग्निच्युडको भूकम्प जाँदा त्यहाँ १२६ जनाको मृत्यु भएको थियो भने १८८ जना घाइते भएका थिए। 

त्यस दिन नेपालका पनि काठमाडौँ उपत्यकासहित कोसी र मधेस प्रदेशका विभिन्न जिल्लामा धक्का महसुस भएको थियो। 

त्यसयता तिब्बतमा बारम्बार परकम्प गइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad