समाज


अहिले ५ प्रदेशको मौसम बदली, दिउँसो ४ प्रदेशमा वर्षाको सम्भावना

देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव
अहिले ५ प्रदेशको मौसम बदली, दिउँसो ४ प्रदेशमा वर्षाको सम्भावना

फाइल तस्बिर


नेपालखबर
पुस २८, २०८१ आइतबार ७:३६, काठमाडौँ

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव छ। यतिबेला (आइतबार बिहान) कोसी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ।  

तराईका केही भागमा अहिले हुस्सु लागेको छ। देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा आज दिउँसो वर्षाको सम्भावना छ। 

देशका बाँकी भूभागका एक–दुई स्थानमा पनि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का हिमपातको पनि सम्भावना छ।

आज राति कोसी, मधेस र बागमती प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रहने छ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान छ। 

राति कोसी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी भू–भागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

कोसी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा राति हल्का हिमपातको पनि सम्भावना छ। 

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ, ‘कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान,  लुम्बिनी, गण्डकी र बागमती प्रदेशका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा आज हल्का वर्षाको सम्भावनासँगै देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।’

कस्ताे हाेला तीन दिनकाे माैसम?

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad