समाज


दुम्किबास पुलको डाइभर्सन खुल्यो, पूर्वपश्चिम राजमार्ग सुचारु

दुम्किबास पुलको डाइभर्सन खुल्यो, पूर्वपश्चिम राजमार्ग सुचारु

नेपालखबर
पुस २६, २०८१ शुक्रबार २१:५३, काठमाडौँ

नवलपरासी (पूर्व) को बिनयपुल भाँचिएपछि अवरुद्ध भएको यातायात सञ्चालनमा आएको छ।

वैकल्पिक बाटो प्रयोग गरी सवारी साधन सुचारु गराइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) ले जनाएको छ।

प्रहरीले बिनयी त्रिवेणी गाउँपालिका–२ ज्यामिरेबाट भित्री बाटो त्रिवेणी क्रसर हुँदै गुम्बाचोक निस्कने ठूला सवारी साधन र ज्यामिरे पेट्रोलपम्प नजिकैबाट सिजीचोक, डाँडाचौर, होङसीगेट निस्कने गरी वैकल्पिक बाटो मार्फत सडक सञ्चालन भएको जानकारी दिँदै सोही रुट प्रयोग गर्न आग्रह गरेको छ।

बिनयी त्रिवेणी गाउँपालिका–१ बिनयपुल स्थित पूर्व पश्चिम राजमार्गमा रहेको बिनयी पक्की पुलको फलामको भाग भाँच्चिन गई मालवाहक लरी समेत फस्न जाँदा राजमार्ग दुई तर्फी अवरोध भएको थियो।

पुल भाँचिएपछि राजमार्ग हुँदै पूर्वपश्चिम हिँड्ने गाडी दाउन्ने र अरुणखोलामा रोकिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad