समाज


तुलाको काम बिग्रने, मीनको प्रेम सम्बन्ध झाङ्गिने, तपाईँको के? हेर्नुस् २६ पुसको राशिफल

तुलाको काम बिग्रने, मीनको प्रेम सम्बन्ध झाङ्गिने, तपाईँको के? हेर्नुस् २६ पुसको राशिफल

ज्यो. मेनुका दाहाल
पुस २६, २०८१ शुक्रबार ४:४१, काठमाडौँ

आज शुक्रबार, २६ पुस २०८१ (१० जनवरी २०२५)। हेर्नुस् आजको राशिफल-

मेष : रमाइलो यात्राको सम्भावना छ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। आदर्श व्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ। नयाँ र महत्त्वपूर्ण कार्यको थालनी हुनेछ। चिताएको कामले तीव्रता पनि लिनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ४०, वैदेशिक कार्यमा ६६ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।

वृष : आज मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ। सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। बन्धु बान्धवबाट सहयोग मिल्नेछ। परिश्रमअनुसार उपलब्धि राम्रै पाइनेछ। प्रेम सम्बन्ध पनि कसिलो हुनेछ।

भाग्यशाली रङ हरियो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६७, वैदेशिक कार्यमा ५० र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज अग्रज व्यक्तिसँग सुझाव लिने। उत्तर दिशा नजाने।

मिथुन : आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको समय रहनेछ। सहयोग गर्नेहरूले झुक्याउन सक्छन्, सावधान रहनुहोला। साँझमा भने प्रेम जीवन सबल र सफल हुनेछ। हराएको आत्मविश्वास बढ्नेछ।

भाग्यशाली रङ सेतो र अङ्क १ हो। रहेको छ। प्रेम र सम्बन्धमा ३२, व्यापारमा ५६, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४७, यात्राको योग ३७ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।

कर्कट : दिन कर्मप्रधान रहेको छ। रोकिएका काम पुनः सुरु हुनेछन्। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ। कहीँकतैबाट कुनै उपहार प्राप्त होला।

भाग्यशाली रङ आकासे हो भने अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६३, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

सिंह : दिन हाँसखेल र मनोरञ्जनपूर्ण रहनेछ। शुभकार्यको योजना बन्नेछ। विपरीत वर्गबाट विशेष सहयोग मिल्नेछ। धर्मकर्म र सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ। शुभकार्यको चर्चा चल्नेछ। समयको सही सदुपयोग हुनेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६१, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।

कन्या : मन प्रसन्न रहनेछ। शान्ति अनुभूत हुनेछ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। मनोरञ्जनमा सहभागी भइएला। रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ। शैक्षिक क्षेत्रमा सफल भइनेछ।

भाग्यशाली रङ खैरो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ६१, व्यापारमा ८०, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६९, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ५७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

तुला : महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। विचार पुर्‍याएर निर्णय लिनु राम्रो हुन्छ। कार्य सम्पादनमा समस्या आउने र आलस्य जाग्नेछ। वैदेशिक कार्यमा अवरोध हुनेछ। कताकता स्मरणशक्ति कमी भएको आभास गर्नु हुनेछ।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४१, वैदेशिक कार्यमा ४१ र शिक्षामा ३१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४९, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। दक्षिण दिशाको यात्रा नगर्ने।

वृश्चिक : स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ। मिष्ठान्न भोजनको अवसर मिल्नेछ। प्यारो साथीसँगको भेटघाटले मन प्रफुल्ल रहला। रोकिएको कार्य पुन: थालनी हुनेछ। नयाँ र शुभ समाचार सुन्न पाइएला।

भाग्यशाली रङ घ्यू रङ हो भने अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ६५, वैदेशिक कार्यमा ७० र शिक्षामा ७७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५४, यात्राको योग ६८ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।

धनु : दिन मनोरञ्जनपूर्ण रहला। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। चलाखीपूर्ण बोलीले कार्यसिद्ध हुनेछ। शत्रु र रोगबाट छुटकारा मिल्नेछ। नजिकका मित्रसँग भेटघाट हुनेछ। प्रेमीको सहयोग प्राप्त हुनेछ।

भाग्यशाली रङ रातो र अङ्क ५ हो। प्रेम र सम्बन्धमा ७२, व्यापारमा ६९, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ७२ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

मकर : नयाँ कार्यको योजना बन्नेछ। परिवारजनको साथले नयाँ आशा पलाउनेछ। लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन। धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ। जटिल ठानिएको काम सम्पादन होला।

भाग्यशाली रङ निलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५०, व्यापारमा ६२, वैदेशिक कार्यमा ५२ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।

कुम्भ : मन भावुक र उत्ताउलो बन्न सक्छ। विवेकले काम नगर्न सक्छ, सचेत रहनु होला। सामाजिक क्षेत्रमा धन खर्च हुन सक्छ। यात्रामा मालसामान हराउन सक्नेछ। आहार विहारमा सावधानी अपनाउनु होला।

भाग्यशाली रङ घ्यू रङ हो भने अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३९, वैदेशिक कार्यमा ४९ र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ४८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो वा सेतो रङको प्रयोग नगर्ने।

मीन : परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ। अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। प्रेम सम्बन्ध झाङ्गिएर जानेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ३ हो। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ६१, वैदेशिक कार्यमा ६३ र शिक्षामा ८० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad