समाज


विद्युत महसुल नतिरेपछि कांग्रेस संसदीय दल र भूमिगत जलस्रोतको लाइन काटियो

विद्युत महसुल नतिरेपछि कांग्रेस संसदीय दल र भूमिगत जलस्रोतको लाइन काटियो

नेपालखबर
पुस २५, २०८१ बिहिबार १५:४२, काठमाडौँ

विद्युत महसुल समयमा नतिरेपछि नेपाली कांग्रेस संसदीय दलको विद्युतको लाइन काटिएको छ। 

 बक्यौता रकम हेरी सिंहदरबारस्थित संसद सचिवालयका नाममा रहेको मिटरको लाइन काट्दा कांग्रेस संसदीय दलको परेको प्राधिकरणका अधिकारीले जानकारी दिए। ती अधिकारीका अनुसार, संसद सचिवालयका नाममा ६३ हजार ४ सय रुपैयाँ बक्यौता रहेको र त्यसमा २५ प्रतिशत जरिवाना पनि थप लाग्ने अवस्था छ। 

यस्तै भूमिगत जलस्रोत विकास समितिको बबरमहलस्थित भवनमा पनि विद्युतको लाइन काटिएको छ। २० हजार रूपैयाँ बक्यौता रहेको उक्त भवनको लाइन काट्दा काठमाडौँ जिल्ला अदालतका केही इजलास पनि प्रभावित भएका छन्।

यस्तै केन्द्रीय कारागारले २१ महिनादेखि विद्युतको महसुल नतिरेपछि काटिसकिएको लाइन पनि विभिन्न सरकारी निकायको दबाबमा जोडिएको छ।

उक्त कारागारको बक्यौता २ करोड ६८ लाख रहेको प्राधिकरणले बताएको छ। त्यहीँ रहेको महिलाहरू बस्ने कारागारले ७ महिनादेखि नतिरेको बक्यौता १३ लाख १९ हजार रहेको पनि प्राधिकरणले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad