समाज


अध्यक्षमाथि कारबाहीको माग गर्दै सुनसरीको एक सरकारी विद्यालयका शिक्षकले रोके पठनपाठन

अध्यक्षमाथि कारबाहीको माग गर्दै सुनसरीको एक सरकारी विद्यालयका शिक्षकले रोके पठनपाठन

नेपालखबर
पुस २५, २०८१ बिहिबार ११:१८, विराटनगर

सुनसरीको इनरुवामा रहेको नेपाल राष्ट्रिय हरि माध्यमिक विद्यालयका शिक्षकहरुल पठनपाठन रोकेर आन्दोलनमा उत्रिएका छन्। 

इनरुवा नगरपालिका- ७ मा रहेको राष्ट्रिय हरि मावि व्यवस्थापन समिति अध्यक्ष निर्मल सिंह खवासको दुव्र्यवहारविरुद्ध आन्दोलित बन्नुपरेको दाबी उनीहरुले गरेका छन्। 

बुधबार विद्यालयका १६ जना शिक्षकले संयुक्त विज्ञप्ति जारी गर्दै अध्यक्ष सिंहले सुरुदेखि नै शिक्षकहरुलाई बारम्बार मानसिक यातना दिने र गालीगलौज गर्ने गरेको आरोपसमेत शिक्षकहरुले लगाएका छन्।

अध्यक्ष सिंहले विद्यालयलाई आफ्नो जिजी सम्पत्ति जस्तो मान्दै आएको उनीहरुको दाबी छ। ‘मैले जे भनेँ त्यही मान्नु पर्छ,’ भन्ने प्रवृत्ति अध्यक्ष सिंहको छ, ‘विज्ञप्तिमा भनिएको छ, ‘शिक्षकहरुलाई राजीनामा दिएर जानुस् भन्ने जस्ता दबाब पनि हामीले भोग्दै आएका छौँ।’

अध्यक्ष सिंहले बुधबार विद्यालयको हाताभित्र विद्यालयका सहायक प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधि अशोक कुमार मेहतामाथि दुर्व्यवहार तथा हातपातको प्रयास गरेको आरोप शिक्षकहरुले लगाएका छन्। 

शिक्षक तथा कर्मचारीले विद्यालयमा शान्ति सुरक्षाको ग्यारेन्टी तथा अध्यक्ष सिंहमाथि कानूनी कार्यवाही नहुन्जेलसम्म विद्यालयमा पठन पाठन सञ्चालन गर्न नसक्ने जनाएका छन्। 

उनीहरूले विद्यालयको समस्या समाधान गरि सहज ढंगले पठन पाठनको वातावरण निर्माण गर्न पनि सम्बन्धित निकायसमक्ष माग गरेका छन्। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad