कोरोना भाइरसको महामारी बढेसँगै अमेरिकामा बन्दुकको बिक्री ह्वात्तै बढेको छ।
मार्च १६ का दिन गत सालको तुलनामा ३ सय प्रतिशत बढी बन्दुक बिक्री भएको जनाइएको छ।
महामारी फैलिँदै जाँदा लुटपाट बढ्ने र व्यक्तिगत सुरक्षामा चुनौती आइपर्ने आकलन गरेर बढीभन्दा बढी मानिसहरुले बन्दुक खरिद गरिरहेका हुन्।
सेयर बजार ध्वस्त भइरहँदा बन्दुक कम्पनीहरुको सेयर भने बढिरहेको छ।
बन्दुक पसलबाहिर मानिसहरुको लामो लाइन लागेको छ।
एफबीआईले फेब्रुअरीमा मात्रै पहिलो पटक बन्दुक किन्ने २८ लाख मानिसको पृष्ठभूमि जाँच गरेको जनाइएको छ। एजेन्सी

प्रतिक्रिया