समाज


नेपालमा २२ दिनमा ११ भूकम्प, काठमाडौँमा ५ दिनपछि दोस्रो धक्का

नेपालमा २२ दिनमा ११ भूकम्प, काठमाडौँमा ५ दिनपछि दोस्रो धक्का

केही समयअघिको भूकम्पले जाजरकोटमा भत्काएको घर


नेपालखबर
पुस २३, २०८१ मंगलबार ८:१७, काठमाडौँ

काठमाडौँ उपत्यकासमेत हल्लाउने गरी आज (पुस २३ गते) बिहान गएको भूकम्पसहित नेपालमा केवल २२ दिनभित्र ११ चोटि भूकम्पको धक्का महसुस गरिएको छ। 

आज बिहान चीनको तिब्बत क्षेत्र केन्द्रबिन्दुर भएर गएको भूकम्पको धक्का नेपालमा पनि महसुस गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले जानकारी दिए। 

यसको केन्द्रबिन्दु भने चीनको सिगात्से सहरको डिङ्ग्री काउन्टीनजिक रहेको चाइना भूकम्प नेटवर्क सेन्टर (सीईएनसी) ले त्यहाँ भने ६.९ म्याग्नीच्युडको भूकम्प मापन भएको छ। 

योसँगै काठमाडौँ उपत्यकामा पाँच दिनपछि दोस्रोपटक भूकम्पको धक्का गएको छ। 

यसअघि पुस १८ गते पनि सिन्धुपाल्चोकको माझीटार केन्द्रबिन्दु बनाएर ४.८ म्याग्निच्युडको भूकम्प जाँदा पनि काठमाडौँ उपत्यकासम्म धक्का महसुस भएको थियो।

पुस २ देखि लगातार भूकम्प

पुस लागेयता नेपालमा लगातार भूकम्प गइरहेको छ।

-पुस २ गते बझाङको धामेना आसपास केन्द्रबिन्दु बनाएर ४.३ म्याग्निच्युडको भूकम्प

-पुस ३ गते बझाङको धामेनालाई नै केन्द्रबिन्दु बनाए ४.१ म्याग्निच्युडको भूकम्प 

-पुस ४ गते मनाङको नेस्याङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प

-पुस ६ गते बाजुराको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रबिन्दु बनाएर ५ दशमलव २ म्याग्निच्युडको भूकम्प

-पुस ९ गते दार्चुलाको अपी हिमाल आसपास केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्युडको भूकम्प

-पुस ११ गते जाजरकोट नायकवाडा केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्युडको भूकम्प

-पुस १२ गते कालिकोटको लाली आसपास केन्द्रबिन्दु बनाएर ३.७ म्याग्निच्युडको भूकम्प 

-पुस १६ गते बिहान बैतडीको सिगास गाउँपालिकाको न्वाघर केन्द्रबिन्दु बनाएर ४.६ म्याग्निच्युडको भूकम्प

-पुस १८ गते सिन्धुपाल्चोकको माझीटार केन्द्रबिन्दु बनाएर ४.८ म्याग्निच्युडको भूकम्प

-पुस १९ गते मुगुको लुमा क्षेत्र केन्द्रबिन्दु बनाएर ४.४ म्याग्निच्युडको भूकम्प

-पुस २३ गते चीन केन्द्रबिन्दु भएर ६.९ म्याग्निच्युडको भूकम्प 

पुस ६ गतेको भूकम्पले बाजुरामा दर्जनभन्दा बढी घर भत्काए पनि यसअघिका भूकम्पबाट भने कुनै क्षति भएन।

आज गएको भूकम्प भने क्षति गर्नै खालकै हो। तर यो खबर बनाउँदासम्म क्षतिका कुनै विवरण आइसकेका छैनन्। 

राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार नेपालमा उपलब्ध प्रविधिले २ म्याग्निच्युडभन्दा माथिका भूकम्प मात्र रेकर्ड गर्नसक्छ।

यसभन्दा साना भूकम्प त नेपालमा औसत रूपमा दिनमै १० पटकसम्म जाने उनको भनाइ छ। 

नेपालमा प्रविधिले २ म्याग्निच्युडदेखि माथिका भूकम्प रेकर्ड गर्न सक्ने भए पनि राष्ट्रिय भूकम्प मापन केन्द्रले भने सबैभन्दा ४ म्याग्निच्युडसम्मका भूकम्पको मात्र तथ्यांकमा समेट्ने गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad