आज (मंगलबार) बिहान चीन केन्द्रबिन्दु भएर नेपालसहित तीन देशमा एकसाथ भूकम्प गएको छ।
आज बिहान ६ बजेर ५० मिनेट जाँदा नेपालमा ७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले जानकारी दिए।
‘हाम्रो स्थानीय मापनअनुसार नेपालमा ७ म्याग्निच्युडको भूकम्प गएको हो’, उनले नेपालखबरसँग भने।
भूकम्पको केन्द्रबिन्दु भने चीनको सिजाङ स्वायत्त क्षेत्रको सिगात्से सहरको डिङ्ग्री काउन्टीनजिक रहेको चाइना भूकम्प नेटवर्क सेन्टर (सीईएनसी) ले ले जनाएको छ। त्यहाँ भने ६.९ म्याग्नीच्युडको भूकम्प गएको उल्लेख छ।
यस्तै भूकम्पको धक्का भारतमा पनि महसुस भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
भारतीय सञ्चारमाध्यमले दिल्ली, बिहार र बंगालमा पनि भूकम्पको धक्का महसुस भएको उल्लेख गरेका छन्।
नेपालमा काठमाडौँ र आसपाससहित विशेषगरी मध्य र पूर्वी पहाडी क्षेत्रमा भूकम्प गएको भूकपम्पविद् डा. अधिकारीको भनाइ छ।
Shares

प्रतिक्रिया