समाज


बिर्तामोडका पूर्वमेयर शिवाकोटी बलात्कार अभियोगमा कारागार चलान

बिर्तामोडका पूर्वमेयर शिवाकोटी बलात्कार अभियोगमा कारागार चलान

नेपालखबर
पुस २२, २०८१ सोमबार २०:९, काठमाडौँ

बलात्कारको अभियोगमा झापाको बिर्तामोड नगरपालिकाका पूर्वप्रमुख ध्रुवकुमार शिवाकोटी कारागार चलान भएका छन्।

शिवाकोटीलाई सोमबार जिल्ला न्यायाधीश नवीनकुमार जोशीको इजलासले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। अदालतको आदेशसँगै उनलाई कारागार लगिएको प्रहरीले जानकारी दिएको छ।

आफ्नै घरमा काम गर्ने १७ वर्षकी नाबालिक बलात्कारको आरोपमा शिवाकोटीलाई प्रहरीले मंसिर २४ गते पक्राउ गरेको थियो।

यसअघि स्वास्थ्यको कारण देखाउँदै अनुसन्धानका क्रममा प्रहरी हिरासतमा नबसी अस्पतालमा बसेका थिए। तर अदालतले सोमबार कारागारलाई नै स्वास्थ्य उपचारको व्यवस्था गर्न आदेश दिएको छ।

बालिकालाई शिवाकोटीले जबर्जस्ती करणी गरेको भन्दै घरछाडेर कलेज पोषाकमै भारततर्फ लागेकी थिइन्। तर उनलाई काँकडभिट्टा नाकामा संस्थाका कर्मचारीले रोकेका थिए।
बालिकाले घटनाबारे बताएपछि उनलाई प्रहरीको जिम्मा लगाइएको थियो।

प्रहरीले शिवाकोटीलाई र बालिकाका परिवारलाई पनि प्रहरी कार्यालय बोलाएको थियो। बालिकाका आफन्त उपस्थित भएर जाहेरी दिएपछि शिवाकोटीलाई प्रहरीले त्यहीदिन हिरासतमा राखेको थियो।

शिवाकोटी २०७४ सालको निर्वाचनमा नेकपा एमालेबाट बिर्तामोडको मेयरमा निर्वाचित भएका थिए। उनी मेयरमा निर्वाचित भएको एक महिना पनि नपुग्दै बालिकाको पालन पोषण गर्ने र पढ्ने व्यवस्था पनि मिलाइदिने शर्तमा घरमा राखेका थिए। बालिका उनकै घरमा बसेर काम गर्दै पढिरहेकी थिइन्। हाल उनी ल्याव टेक्निसियन पढिरहेकी थिइन्।

तर आफू कक्षा ८ मा पढ्दादेखि नै मेयर शिवाकोटीले पटक पटक बलात्कार गरेको आरोप पीडितको छ। श्रीमती घरबाहिर गएको बेला आफूलाई बलात्कार गर्ने गरेको आरोप पीडित बालिकाको छ।

शिवाकोटीले भने बालिकालाई छोरी मानेर सोही अनुसार व्यवहार गरेको दाबी गर्दै अदालतमा बयान दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad