समाज


राशिफल २३ पुस : कन्याको कुनै न कुनै माध्यमबाट प्रेमीसँग भेट हुने, मन चञ्चल हुँदा धनुले गलत काम गर्ने, तपाईँको के?

राशिफल २३ पुस : कन्याको कुनै न कुनै माध्यमबाट प्रेमीसँग भेट हुने, मन चञ्चल हुँदा धनुले गलत काम गर्ने, तपाईँको के?

ज्यो. मेनुका दाहाल
पुस २३, २०८१ मंगलबार ४:२२, काठमाडौँ

आज मंगलबार, २३ पुस २०८१ (७ जनवरी २०२५)। हेर्नुस् आजको राशिफल-

मेष : काम बीचमै रोक्नु पर्दा आर्थिक भार पर्न सक्छ। स्वास्थ्यमा केही बाधा हुन सक्छ। शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न होला। साँझमा भने सफल यात्राको योग छ।

भाग्यशाली रङ हरियो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ३८, सेयर बजारमा ४०, वैदेशिक कार्यमा ३८ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गर्ने। तामसिक भोजन नगर्ने।

वृष : बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। प्रतिस्पर्धामा सफल भइनेछ। अधुरा काम पुनः सुरु हुनेछन्। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ।

भाग्यशाली रङ पर्पल र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६५, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षरोपण गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

मिथुन : सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। रोकिएका काम पूरा हुनेछन्। स्वादिष्ट भोजनको अवसर प्राप्त हुनेछ। नयाँ कार्य वा रोजगारीको अवसर आउला। वैदेशिक कार्य अघि बढ्नेछ। प्रेम सम्बन्धमा मधुरता छाउनेछ।

भाग्यशाली रङ निलो र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६४, सेयर बजारमा ७७२, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। भरिसक्के लामो यात्रा नगर्ने।

कर्कट : धार्मिक यात्रा गर्ने अवसर जुर्नेछ। पारिवारिक भेटघाटमा रमाइनेछ। मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइएला। तार्किक क्षमताको प्रभावले स्वरोजगार भइनेछ। प्रेमिकाको सुझावअनुरूप नयाँ कार्य प्रारम्भ गर्दा सफल भइनेछ।

भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६५, सेयर बजारमा पनि ६५, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। अरूलाई नसताउने।

सिंह : अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्नेछ। विवेकले काम नगर्न सक्छ। खानपिनमा सचेत रहनु नै उचित हुन्छ। भ्रमण, खानपान तथा फेसनमा खर्च बढ्नेछ। घरायसी व्यवहारबाट टाढै बस्नु राम्रो होला।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४९, सेयर बजारमा ३०, वैदेशिक कार्यमा ४० र शिक्षामा ३५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ३१ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। खैरो रङको प्रयोग नगर्ने।

कन्या : एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। आत्मबलमा वृद्धि र सन्तुष्टि प्राप्त हुनेछ। धर्म तथा समाजसेवामा मन लाग्नेछ। प्रेमीसँग कुनै न कुनै माध्यमबाट भेटघाट हुनेछ। वित्तीय संस्था र सेयर बजारबाट राम्रै सफलता मिल्न सक्छ।

भाग्यशाली रङ रातो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६८, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। अरूलाई दु:ख नदिने।

तुला : यात्रा लाभदायक र मनोरञ्जनपूर्ण रहला। सभासमारोहमा सरिक हुने सम्भावना छ। प्रेम सम्बन्ध मधुर रहनेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउला। स्वादिष्ट भोजनको आनन्द समेत पाइएला।

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। छलकपट नगर्ने।

वृश्चिक : इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ। परिश्रमअनुसार उपलब्धि राम्रै पाइएला। कार्य सम्पादनमा सहजता मिल्नेछ। छोटो दूरीको लाभदायक यात्रा हुनेछ। प्रेमीले भरपुर सहयोग गर्नेछन्। वैदेशिक कार्यमा सहजता मिल्नेछ।

भाग्यशाली रङ गुलाबी हो भने अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७१, सेयर बजारमा पनि ७१, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

धनु : मनमा चञ्चलता बढ्नाले गलत निर्णय लिन पुगिएला। जिद्दीपनाले गर्दा काम बिग्रने डर छ। चित्त दुख्ने समाचार सुन्नु पर्नेछ। यात्रामा मालसामान हराउन सक्छ। साँझमा भने लगनशीलताले कामहरू अगाडि बढ्नेछन्।

भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ४७, सेयर बजारमा ४४, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

मकर : रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ। लाभदायी यात्रा गर्ने अवसर प्राप्त हुनेछ। धार्मिक यात्राको योग छ। घुमफिरमा आकर्षण बढ्नेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। महिला वर्गबाट विशेष सहयोग मिल्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६५, सेयर बजारमा ६७, वैदेशिक कार्यमा ६९ र शिक्षामा ५४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्ने। कालो रङको प्रयोग नगर्ने।

कुम्भ : बजार घुम्ने अवसर मिल्नेछ। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। हर्ष र प्रसन्नताका बीच समय व्यतीत हुनेछ। रोकिएको काम दोहोर्‍याएर प्रयत्न गर्दा सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार आउला।

भाग्यशाली रङ गुलाबी र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७८, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। उत्तर दिशा नजाने।

मीन : अतिथिका रूपमा सम्मान पाइनेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। आफन्तको सहयोग प्राप्त हुनेछ। प्राविधिक क्षेत्रबाट बढी सफलता मिल्नेछ। कसैकसैका लागि सन्तान प्राप्तिको योग छ।

भाग्यशाली रङ निलो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ५९, सेयर बजारमा ६३, वैदेशिक कार्यमा ६९ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६५, यात्राको योग ७२ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad