ad ad

समाज


कोरोना संक्रमितका लागि भरतपुरमा ७२ घण्टामै अस्पताल तयार, भोलिदेखि सञ्चालन

कोरोना संक्रमितका लागि भरतपुरमा ७२ घण्टामै अस्पताल तयार, भोलिदेखि सञ्चालन

नेपालखबर
चैत ६, २०७६ बिहिबार ८:३६,

कोरोना (कोभिड–१९) भाइरसबाट संक्रमितका लागि उपचार गर्न चितवनको भरतपुरमा तयार गरिएको अस्थायी अस्पताल ७२ घण्टामा निर्माण सम्पन्न हुने भएको छ।

त्यहाँस्थित प्रदर्शनी कक्षलाई मंगलबारबाट अस्पतालको रुपमा तयार गर्न शुरु गरिएको र शुक्रबार ७२ घण्टा हुँदा सो भवनलाई अस्पतालको स्वरुपमा तयार गरिने र औपचारिक सञ्चालनमा ल्याउने बताइएको छ।

भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले सो अस्पताललाई शुक्रबार सञ्चालनमा ल्याइने जानकारी दिइन्।

Chitwan KoronoVirusHospitale3

‘भोलिबाट अस्पताल सञ्चालनमा आउनेछ। हामीले भनेको ७२ घण्टामा निर्माण गर्न सफल भयौं,’ दाहालले नेपालखबरलाई बताइन्।

त्यसलाई भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल नाम दिइएको छ।

विश्वभर फैलिएको कोभिद–१९ को संक्रमण नेपालमा पनि फैलिनसक्ने आँकलन गरेर अस्पताल निर्माणलाई तीव्रता दिएको उनले बताईन्।

Chitwan KoronoVirusHospitalf

अस्पतालमा १० बेड सहितको आइसीयू, अत्याधुनिक तथा विशेष सुविधासहितका थप १० बेड सहितको अर्को एकाई र ५० बेड सहितको जनरल वार्ड तयार गरिएको छ।

भरतपुर वडा नम्बर १० मा रहेको प्रदर्शनी कक्षलाई अस्थायी अस्पतालका रुपमा विकास गरिएको हो। ३ विघा क्षेत्रफलमा फैलिएको सो प्रदर्शनी स्थलमा रहेका तीन भवनलाई अत्याधुनिक स्वास्थ्य सेवा दिनका लागि प्रयोग गरिएको मेयर दाहालले नेपालखबरलाई बताईन।

Chitwan KoronoVirusHospitald

सेना, प्रहरी र क्यान्सर अस्पतालको विशेष सहयोग, चितवनमा रहेका अन्य नीजि अस्पतालको प्राविधिक सहयोगमा सो अस्थायी अस्पताल निर्माण गरिएको हो।

कोभिद–१९ बाट संक्रमित बिरामीलाई राखेपछि स्रोत र साधन तथा जनशक्तिको अभाव हुन नदिन भरतपुर महानगरपालिका, जिल्लाका अन्य निकाय, उद्योगी र व्यावसायी तथा सरोकारवाला निकाय तयारी अवस्थामा रहेको उनले बताईन्।

Chitwan KoronoVirusHospitalc

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .