समाज


त्रिवि परिषद्‍को रिक्त पदमा ४ सदस्य नियुक्त

त्रिवि परिषद्‍को रिक्त पदमा ४ सदस्य नियुक्त

फाइल तस्बिर


नेपालखबर
पुस २२, २०८१ सोमबार ११:१२, काठमाडौँ

त्रिभुवन विश्वविद्यालय (त्रिवि)को कार्यकारी परिषद् सदस्यमा चारजना नियुक्त भएका छन्। 

उपकुलपति प्राडा केशरजंग बरालले ५ वटा संकायको तर्फबाट विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्राडा शंकर खनाल र ४ वटा संकायको तर्फबाट मानविकी तथा सामाजिकशास्त्र संकायका डीन प्राडा दुविनन्द ढकाललाई सदस्य नियुक्त गरेका हुन्। 

त्यसैगरी प्रोफेसरहरूको तर्फबाट प्राडा लालु प्रसाद र डाक्टर जगत मोहन श्रेष्ठ कार्यकारी परिषद् सदस्य नियुक्त भएका छन्। यही पुस १२ गतेदेखि दुईवर्षे कार्यकाल सकिएपछि त्रिवि परिषद्का चार सदस्य पद रिक्त थियो।

त्रिवि परिषद्‍मा उपकुलपति, रेक्टर र रजिस्ट्रारसहित ७ सदस्य रहने व्यवस्था छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad