ad ad

समाज


न्युयोर्कमा बढे कोरोना संक्रमित, कर्मचारीलाई ६ महिनासम्म तलबी विदा दिइने

न्युयोर्कमा बढे कोरोना संक्रमित, कर्मचारीलाई ६ महिनासम्म तलबी विदा दिइने

नेपालखबर
चैत ६, २०७६ बिहिबार ८:६,

अमेरिकी राज्य न्युयोर्कमा २ हजार ३८२ जनामा कोरोना भाइरस (कोभिड–१९) देखिएको छ। राज्यका गभर्नर इन्ड्रु मार्क कोम्बोले राज्यमा कोरोना संक्रमितको संख्या वृद्धि भएको जनाएका हुन्।

न्युयोर्क टाइम्सका अनुसार संक्रमितको यो संख्या पहिलाभन्दा  पुष्टि भएभन्दा १ हजार बढी हो। न्युयोर्क राज्यले यसअघि नै संकटकाल घोषण गरिसकिएको छ।

यसैबीच निःशुल्क कोरोना भाइरस परीक्षण तथा तलबी विदाबारे राहत प्याकेजमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेका छन्। सो प्याकेज हाउस अफ रिप्रेजेन्टेटिभ र सिनेटबाट पारित भएपछि उनले हस्ताक्षर गरेका हुन्। प्याकेजमा कोरोना प्रभावित अमेरिकन कर्मचारीलाई कूल ६ महिनासम्म तलबी विदा दिने उल्लेख छ।

३ महिनासम्म तलबी विदा र निःशुल्क कोरोना परीक्षण एवं उपचार गर्ने सो प्याकेजमा उल्लेख छ। यो बाहेक कर्मचारी परिवार सदस्यको हेरचाह गर्नुपर्ने अवस्था आए थप तीन महिना तलबी विदा दिइनेछ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अमेरिकालाई कोरोना भाइरस छिटो फैलिरहेको देशको सूचीमा राखेको छ। डब्लुएचओका अनुसार बिहीबारसम्म अमेरिकामा ५ हजार ३५८ जना कोरोना संक्रमित भेटिएका छन्। ७५ जनाले ज्यान गुमाएका छन्।

 corona chart6

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .