ad ad

समाज


नेपालसँग सीमा जोडिएको बिहारमा किन देखिएन कोरोना? भारतमा उठ्न थाल्यो प्रश्न

नेपालसँग सीमा जोडिएको बिहारमा किन देखिएन कोरोना? भारतमा उठ्न थाल्यो प्रश्न

नेपालखबर
चैत ६, २०७६ बिहिबार ७:५८,

बिहार भारतको तेस्रो ठूलो जनसंख्या भएको राज्य हो। भारतमा हालसम्म १७४ जनामा कोरोनाको संक्रमण देखिएको छ। ३ जनाको मृत्यु भइसकेको छ।

तथ्यांकअनुसार भारतको महाराष्ट्रमा कोरोना भाइरसबाट सबैभन्दा बढी संक्रमित बनेका छन्। त्यहाँ ४२ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै केरलामा १९ र उत्तर प्रदेशमा ११ जनामा यो भाइरसको संक्रमण देखिएको छ।

तर यतिबेला धेरै राज्यहरुमा पुगिसकेको कोरोनाको संक्रमण ठूलो जनसंख्या भएको राज्य बिहारमा किन देखिएको छैन भनेर प्रश्न चिन्ह खडा हुन थालेको छ। त्यहाँ भारतीय विज्ञहरुले नै व्यवस्था र प्रणालीमाथि प्रश्न गरेका छन्।

धेरै मानिसहरुले बिहारमा हुने गरेको कोरोनाको परीक्षणमाथि नै आशंका गर्न थालेका छन्।

बिहारका एक प्रख्यात डक्टर अरुण साह भन्छन्, ‘यो आश्चर्यपूर्ण यसकारण पनि छ किन यहाँ मानिसहरुले कोरोना प्रभावबारे उपेक्षा गरिरहेका छन्। कार्यक्रमहरु स्थगित गर्नुमात्र सावधानी अपनाउनु होइन। सबैभन्दा महत्वपूर्ण भाइरसलाई पहिचान गर्नु हो। बिहारमा रोग निदानको प्रक्रिया नै कमजोर छ।’

उनी भन्छन्,‘बिहारमा कोरोना भाइरस परीक्षण गर्ने प्रयोगशाला नै छैन। बिहारको सबै जिल्लामा गरिएको जाँचको नमूना पटनामा एकत्रित गरिन्छ र जाँचका लागि कोलकत्ता पठाइन्छ। त्यहाँबाट रिपोर्ट आउँछ। यो निकै लामो प्रक्रिया हो।’

उक्त अवधिमा संकलित स्याम्पल्सको गुणस्तर जस्तो हुनुपर्ने हो, त्यस्तै रहन्छ त? भन्दै उनी प्रश्न गर्छन्।

अधिकारीका अनुसार कोलाकत्ताबाट बिहारमा नमूना पठाउन र मगाउनको लागि कम्तीमा १२ घण्टा लाग्छ। अधिकारीहरुले नमूना संकलन गरेर कोलकाता पठाउँदा ३–४ दिन लाग्ने गरेको बीबीसीहिन्दीले जनाएको छ।

बिहार सरकारको स्वास्थ्य विभागको पछिल्लो तथ्यांकअनुसार अहिलेसम्म जाँच गरिएका सबै ७० आशंकित बिरामीमा कोरोना देखिएको छैन।

पीएमसीएचको जुन वार्डमा भाइरसको आशंका गरिएका मानिसलाई राखिएको छ, त्यहाँ पुग्ने बाटो फोहोर र दुर्गन्धले भरिएको जनाइएको छ। बिरामीका साथै डक्टर र नर्स पनि त्यही बाटो हुँदै अस्पताल पुग्छन्।

कोरोना भाइरसको आशंका गरिएका मानिसहरुलाई राखिएको वार्डमा आफन्त भेट्न गएका मानिसकाअनुसार त्यहाँ उनीहरुलाई राम्रोसँग राखिएको छैन। उनीहरुलाई जनावरभन्दा पनि खराब अवस्थामा राखिएको छ। डाक्टर र नर्सहरुले उनीहरुलाई अछूतजस्तो व्यवहार गरिरहेका छन्।

अस्पतालमा भर्ना भएका सबै मानिसको गुनासो अस्पतालको व्यवस्थापनको विषयमा देखिएको छ।

अधिकारीहरुका अनुसार हाल भारतमा कोरोना भाइरसको संक्रमणको आशंका विदेशबाट आएका मानिस र उनीहरुसँगको सम्पर्कमा आएका मानिसमा मात्र गरिने गरिएको छ। डाक्टर शाह भाइरसको संक्रमित पत्ता लगाउने प्रक्रियामा पनि आशंका व्यक्त गर्छन्। उनी कोरोनाको लक्षण देखिएका सबैका प्रभावकारी परीक्षण हुनुपर्ने धारणा राख्छन्।

गत मंगलबार मात्र बिहारले कोरोनाले महामारीको रुप लिएको घोषणा गर्दै सो परिस्थितिको सामना गर्न बिहार महामारी रोग कोभिड–१९ नियमावली २०२० लागू गरेको थियो।

मंगलबार जारी गरिएको सो नियमावलीले सरकारी अधिकारीलाई संक्रमणको आशंकामा रहेका व्यक्तिहरुलाई समूहमैं जाँच गर्ने, बलपूर्वक एक्लै राख्ने ‘आइसोलेसन’, कुनै क्षेत्रलाई बन्द ‘सील’ गर्ने र संक्रमण भेटिएर पनि लक्षणलाई लुकाउने व्यक्तिविरुद्ध कारवाही गर्ने लगायतका अधिकार प्रदान गर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .