राजनीति


संविधान संशोधनका क्रममा संघीयता र गणतन्त्रमाथि कुनै सम्झौता गर्दैनौंः सन्तोष परियार

संविधान संशोधनका क्रममा संघीयता र गणतन्त्रमाथि कुनै सम्झौता गर्दैनौंः सन्तोष परियार

फाइल तस्बिर


नेपालखबर
पुस २१, २०८१ आइतबार १६:५१, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को काठमाडौँमा जारी पार्टी केन्द्रीय समितिको बैठकले संविधान संशोधनबारे सुझाव दिन पार्टीका प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा ९ सदस्यीय कार्यदल गठन गरेको छ।

कार्यदल संयोजक बनेका परियारले सातवटै प्रदेशमा छलफलगरी दलको तर्फबाट सार्वजनिक धाराणा बनाउने बताए। यसबारे संक्षिप्त कुरा गर्दै उनले संविधानमा थपघट गर्नुपर्ने कुराहरुको पहिचान गर्नको लागि विज्ञदेखि प्रदेश तह र अन्य राजनीतिक दलहरुसँग छलफल गर्ने समेत जानकारी दिए।


परियारले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टी गठन भइरहेकै बेला मौजुदा संविधानमा धेरै कुराहरु परिवर्तन गर्नुपर्नेछ। संविधानलाई समृद्ध बनाउनुपर्छ भन्ने हाम्रो माग थियो। हामीले हाम्रा वाचापत्र र दस्तावेजहरुमा समेत ति कुराहरु लेखेका थियौं। पछिल्लो समय एमाले र कांग्रेसको गठबन्धनमा बनेको सरकारले संसारमा बिरलै हुने संसदको पछिलो र दोस्रो पार्टी मिलेर बनेको सरकारले एउटा भाष्य निर्माण गर्नुभयो। त्यो के हो भने सात बुँदे सम्झौताको दोस्रो बुँदामै संविधान संशोधन भन्नुभयो। यो कुरा कति इमानदारिताले भनिएको भन्नेकुरा त उहाँहरुको अगामि कदमले नै स्पष्ट पार्ला। तर संविधान बनाउँदा हरेक दश वर्षमा यसको पुनरावलोकन गर्ने र यसलाई समृद्ध बनाउँदै लाने अथवा परिमार्जन गर्दै लाने भन्ने संविधानकै भावनाअनुरुप संविधानकै भाग दुई धारा ३१ मा व्यवस्था गरेका छौं। जसरी उठेपनि यो एउटा राष्ट्रिय मुद्दा हो भन्ने लागेर राष्ट्रिय स्वतन्त्र पार्टीले हिजो र आजको दुईदिने केन्द्रिय कार्यसमिति बैठकबाट संविधान संशोधनको सवालमा मल्टिपार्टीसँग डिस्कसन गर्नुपर्छ, संसदमा एका दलहरुबीच एउटा सहमति भएन भने संविधान संशोधन सम्भव छैन। संविधान परिमार्जनका लागि आज हामीले मेरो संयोजकत्वमा संविधान संशोधन कार्यदल,२०८१ गठन गरिएको छ। पहिला हाम्रो पार्टीको सन्दर्धमा राजनीतिक बुझाई के हो? त्यहाँ थप्नु र घटाउनुपर्ने कुराहरु के के हुन् ? यी कुराहरुमा पहिला आन्तरिक रुपमा छलफल गरेर त्यसपछि विज्ञहरुसँग सरसल्लाह गर्ने, प्रदेश तहसम्म गएर छलफल चलाउने, आम जनतासँछ छलफल गर्ने र अन्य राजनीतिक दलहरुसँग समेत छलफल गरेर एउटा सहमति गर्न सकियो भने यो दश वर्षमा हामीले संविधान कार्यान्वयनको सवालमा भोगका अफ्ठ्याराहरु र राजनीतिक संघर्षबाट उपलब्ध व्यवस्थालाई स्थापित हुने क्रममा भएका अफ्ठ्याराहरुलाई सुधार्न कार्यदल बनाएको हो।’

उनले संविधान संशोधनका क्रममा संघीयता, गणतन्त्र र वर्तमान व्यवस्थामाथि पार्टीले कुनै सम्झौता नगर्ने र गर्न नदिने प्रतिवद्धता जनाए। रास्वपा संविधानलाई अझै समृद्ध र मजबुत बनाउने कुरामा अडिग रहेको उनको भनाइ छ। परियारलेभन्नुभयो, ‘हामी स्पष्ट छौं। संविधानमा व्यवस्था भएको संघीयता गणतन्त्र र वर्तमान व्यवस्थामा कुनै सम्झौता हुँदैन। समावेशीतामा काम गर्ने संयन्त्र र गणतन्त्रलाई बलियो बनाउनका लागि यो प्रत्युपादक होला कि भन्ने कुरामा त्यसमा चिन्ता गर्नुपर्दैन। हामी अगाडि जाने हो पछाडि सर्ने होइन। समावेशीतालाई अझ मजबुत बनाउने हो भने हो भन्ने कुरामा हामी स्पष्ट छौं। तर कतिपय कुराहरु बाझिएका छन्। कतिपय कुराहरु संवैधानिक व्यवस्थाकै कारण हुन दिएन। यसका लागि हामीले अनुसूचिमै काम गर्नुपर्ने हुन्छ। संघ प्रदेश र स्थानीय तहको अधिकारको बाँडफाँडको कुरा पनि मिलेको छैन। समाजलाई अघि लग्ने हो, व्यवस्थालाई बलियो बनाउने हो। संविधानमा भएका कुराहरुलाई अझ प्रगतिशीलतिर लाने हो। यसमा प्रत्युपादक हुन्छ भन्न गुञ्जायमान जायज हुँदैन। रास्वपा अघि बढ्नको लागि स्पष्ट र प्रतिवद्ध छ।’

उनले संविधान संशोधनको लागि संघीय संसदमा बहुमत हुनुपर्ने व्यवस्थाका कारण कांग्रेस र एमालेले चाहेर मात्र संशोधन गर्न नसकिने दाबी गरे। विधेयक बनाउनु र संविधान संशोधन गर्नु फरक कुरा भएको उनको जिकिर छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad