समाज


राशिफल २२ पुस : मेषको पुरानो समस्या बल्झिने, कुम्भलाई झगडा पर्ने योग, तपाईँको के?

राशिफल २२ पुस : मेषको पुरानो समस्या बल्झिने, कुम्भलाई झगडा पर्ने योग, तपाईँको के?

ज्यो. मेनुका दाहाल
पुस २२, २०८१ सोमबार ४:९, काठमाडौँ

आज सोमबार, २२ पुस २०८१ (६ जनवरी २०२५)। हेर्नुस् आजको राशिफल-

मेष : स्वास्थ्यमा खर्च बढ्ने योग छ। धेरै प्रयत्न गर्दा मात्र व्यावसायिक काम सम्पादन हुनेछ। विगतका समस्या बल्झिन सक्छन् तर साँझमा सल्टिन सक्छ। भ्रमणको योजना पनि बन्नेछ।

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३९, व्यापारमा ४६, सेयर बजारमा ३७, वैदेशिक कार्यमा ७० र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४९, यात्राको योग ३९ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।

वृष : आयव्यय बराबरी रहनेछ। बलले भन्दा बुद्धिले निर्णय लिनु उचित हुन्छ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। बेलुकीपख पारिवारिक जमघटमा मन रमाउनेछ। कामबाट फुर्सद मिल्नेछ।

भाग्यशाली रङ निलो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ७०, व्यापारमा ६६, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ७३ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ५५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।

मिथुन : अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। परीक्षामा उत्तीर्ण हुन सकिनेछ। प्रेमीको साथ र सहयोग मिल्नेछ। पुँजी बजारले साथ दिनेछ। लामो यात्रा सुखद र सफल रहनेछ। खानपिनमा सावधानी अपनाउनु होला।

भाग्यशाली रङ पहेँलो र अङ्क ३ हो। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ६४, सेयर बजारमा ६०, वैदेशिक कार्यमा ७२ र शिक्षामा ७० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ७० र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। दक्षिण दिशाको यात्रा नगर्ने।

कर्कट : सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। रोकिएको काम दोहोर्‍याएर गर्दा फाइदा हुनेछ। बन्धुबान्धवबाट सहयोग मिल्नेछ। दिनको उत्तरार्धमा खर्च बढ्ला। स्वास्थ्य राम्रो रहनेछ। परिवारको खुसीका निम्ति केही खर्च हुन सक्छ।

भाग्यशाली रङ हरियो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ६६, व्यापारमा ६९, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ७८ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज अग्रज व्यक्तिसँग सुझाव लिने। खरानी रङको प्रयोग नगर्ने।

सिंह : मनमा दुबिधा उत्पन्न हुनेछ। कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला। आफूले नजानेको काममा हात नहाल्नु नै हितकर हुनेछ। मध्य दिनपछि रोकिएको कार्यले पूर्णता पाउनेछ।

भाग्यशाली रङ घ्यू रङ हो भने अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ५०, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ७७ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३८, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ४९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।

कन्या : धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। सोचेअनुरूप काम गर्न पाउँदा मन प्रसन्न रहनेछ भने पारिवारिक सुख प्राप्त हुनेछ। धर्म, संस्कृति, कला र साहित्यमा रुचि बढ्नेछ।

भाग्यशाली रङ रातो र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६६, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।

तुला : गरेको कार्यमा सफलता मिल्नेछ। नजिकको व्यक्तिबाट सहयोग मिल्नेछ। प्राविधिक कार्यमा सफलता मिल्नेछ। परिवारसँग रमाइलो भेटघाट हुनेछ। शुभकार्यको चर्चा चल्नेछ। साँझमा भने अधिकार प्राप्तिको लागि संघर्ष गर्नु पर्नेछ।

भाग्यशाली रङ आकासे हो भने अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७७, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५० र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

वृश्चिक : विशिष्ट व्यक्तिको साथ पाइनेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। प्रेम र दाम्पत्य जीवन सुखमय रहनेछ। आफन्त वा इष्टमित्रसँग पुनर्मिलनको योग छ। नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६७, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।

धनु : सुखदुःख बराबरी रहनेछ। महत्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। पढाइलेखाइमा पनि खासै प्रगति गर्न नसकिने देखिन्छ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई भने बिस्तारै लाभ हुनेछ।

भाग्यशाली रङ हरियो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४९, सेयर बजारमा ४०, वैदेशिक कार्यमा ४९ र शिक्षामा ३३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४७, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अरूलाई नहेप्ने।

मकर : आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। परिवारसँग समय बिताउने अवसर जुट्छ। स्वादिष्ट भोजनको अवसर प्राप्त होला।

भाग्यशाली रङ खैरो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६०, सेयर बजारमा ४२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

कुम्भ : धनार्जनका स्रोत पत्ता लाग्नेछन्। स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ। पारिवारिक भेटघाटमा व्यस्त भइएला। घरमा अतिथिको आगमन हुनेछ। कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला।

भाग्यशाली रङ पहेँलो र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ८१, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ८० र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

मीन : कर्मप्रेमीहरूका लागि दिन फलदायी छ। इष्टमित्रमा कसैलाई सन्तान लाभ हुन सक्छ। व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिनेछ। मध्य दिनपछि सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ।

भाग्यशाली रङ घ्यू रङ हो भने अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ७७, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५० र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad