कम्युनिष्ट नेता मोहनविक्रम सिंहद्वारा लिखित उपन्यास ‘कामरेड जलजला’माथि आज यहाँ संवाद र समीक्षा गरिएको छ। अखिल नेपाल बुद्धिजीवि संघ चितवनले आयोजना गरेको कार्यक्रममा साहित्यकारले यस उपन्यासलाई निडर भएर अघि बढ्नका लागि प्रेरणाको स्रोत भनेर चित्रण गरेका छन्।
मानवीय र मार्क्सवादी चिन्तन बोकेको नेपाली साहित्यको उपलब्धिका रुपमा यस उपन्यासलाई लिइएको सो अवसरमा बोल्ने वक्ताहरुले बताएका थिए।
कार्यक्रममा साहित्यकार एलवी क्षेत्री, रमाकान्त सापकोटा, अशोक शर्मा, ईश्वरी भट्टराई, उदय अधिकारी, सरिता तिवारीलगायतले टिप्पणी गरेका थिए।

प्रतिक्रिया