समाज


देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव

आज कताकता छ वर्षा र हिमपातको सम्भावना?
देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव

नेपालखबर
पुस १४, २०८१ आइतबार ६:५७, काठमाडौँ

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ। 

जसको प्रभावस्वरुप यतिबेला (आइतबार बिहान) कोसी प्रदेशलगायत देशका पहाडी भूभागको मौसम आंशिकदेखि साधारणतया बदली छ। 

देशका बाँकी भागमा मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ।  देशका पहाडी भूभागका एकदुई स्थानमा दिउँसो हल्का वर्षाको पनि सम्भावना छ। 

कर्णाली, गण्डकी र कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा तथा सुदूरपश्चिम र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ।
 
त्यसैगरी आज राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम  सफा रहने छ। कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई  स्थानमा हल्का हिमपातको सम्भावना छ। 

आगामी २४ घण्टामा कर्णाली, गण्डकी र कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थान तथा सुदूरपश्चिम र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। 

देशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको जनाउँदै विभागले त्यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा आग्रह गरेको छ। 

साथै आज र भोलि बिहानपख देशको तराई तथा काठमाडौँ उपत्यका र खोचमा हुस्सु लाग्ने सम्भावना रहेको महाशाखाले आइतबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad