समाज


१४ पुसको राशिफल: वृषले अरुलाई प्रभावित पारेर काम लिने, सिंह हल्लाको पछि लाग्ने, तपाईँको के?

१४ पुसको राशिफल: वृषले अरुलाई प्रभावित पारेर काम लिने, सिंह हल्लाको पछि लाग्ने, तपाईँको के?

ज्यो. मेनुका दाहाल
पुस १४, २०८१ आइतबार ४:४५, काठमाडौँ

आज आइतबार, १४ पुस २०८१ (२९ डिसेम्बर २०२४) । हेर्नुस् आजको राशिफल-

मेष: आजको दिन मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ। आफन्तजनसँग मनमुटाब बढ्नेछ। विद्यामा सफलता पाउन निकै मेहनेत गर्नुपर्ने छ। प्रेमसम्बन्ध र प्रणयप्रसंगका लागि पनि श्रेष्ठ समय छ।

भाग्यशाली रङ रातो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४०, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ४५ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूलले भोकालाई भोजन दिने। झुट नबोल्ने।

वृष: अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ। घरमा अतिथिको आगमन हुनेछ। महिला वर्गबाट विषेश सहयोग मिल्नेछ। मनोरञ्जनमा सहभागिता भइएला। आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ।

भाग्यशाली रङ सेतो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६८, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ६० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूलले वृक्षारोपण गर्ने। उत्तर दिशा नजाने।

मिथुन: आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। पुरानो समस्या सुल्झाउन सकिने र रोकिएका अधुरा कामहरू पूरा हुनेछन्। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। राजनीति क्षेत्रमा जनताको गतिलै समर्थन पाइने योग छ।

भाग्यशाली रङ गुलाबी र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६२, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूलले रोगीलाई सहयोग गर्ने। छल कपट नगर्ने।

कर्कट: धर्म, तथा समाजसेवामा मन लाग्नेछ। अधुरो काम अघि बढ्नेछ। प्रेम प्रसङ्गमा सफलता मिल्नेछ। आँटेको र ताकेको कार्य पुरा होला। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन्।

भाग्यशाली रङ खैरो र अंक ४ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७४, सेयर बजारमा ७७, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ७३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूलले घरबाट निस्कँदा गुण खाने। भरिसक्के लामो यात्रा नगर्ने।

सिंह: हल्लाको पछि लाग्दा आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। नाक तथा घाँटीमा समस्या आउन सक्छ। अल्छीपन र आलस्य नत्यागेमा आँटेको काममा सफलता नमिल्न सक्छ तर साँझमा शुभ र नयाँ कार्यको योजना बन्नेछ ।

भाग्यशाली रङ हरियो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ४२, सेयर बजारमा ३२, वैदेशिक कार्यमा ४१ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४३  प्रतिशत रहेको छ। यो राशि हुनेहरूलले निमुखा प्राणीहरूलाई खानेकुरा दिने। कालो रङको प्रयोग नगर्ने।

कन्या: आज रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ। न्यायिक कार्यमा सफलता मिल्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। दिनको उत्तरार्धबाट घर व्यवहारको समस्याले सताउनेछ। व्यापार व्यवसायमा बाधा आउन सक्छ।

भाग्यशाली रङ खैरो र अंक ४ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ५४, सेयर बजारमा ६८, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूलले भगवान शंकरजीको दर्शन गर्ने। खैरो रङको प्रयोग नगर्ने।

तुला: आज रमणीय र सुखद् यात्राको योग छ। ढिलै भए पनि अधुरा काम सम्पन्न हुनेछ। सेयर बजार र व्यापार व्यवसायमा भने औसत लाभ हुनेछ। मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ। प्रेमसम्बन्ध र प्रणयप्रसंगका लागि पनि श्रेष्ठ समय रहेको छ।

भाग्यशाली रङ सेतो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ७६, व्यापारमा ५७, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ६४ र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ। प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूलले विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

वृश्चिक: आज शुभकार्यको चर्चा चल्नेछ। नयाँ व्यक्तिबीच सामीप्यता बढ्नेछ। गोपनीय ढंगले गरिएका काममा सफलता पाउनुहुनेछ। दाजुभाइ तथा दिदीबहिनीले तपाईँका विचारलाई समर्थन गर्नेछन्। राजनैतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ।

भाग्यशाली रङ आकाशे र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ७१, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूलले घरबाट निस्कँदा दही खाने। निलो रङ्गको प्रयोग नगर्ने।

धनु: आज समय मध्यम खालको छ। आलस्य र थकानको अनुभूति हुनेछ। प्रेममा बाधाका साथै बन्न लागेको काम बिग्रनेछ। पाचनप्रणालीमा समस्या देखिनसक्छ। साँझमा रोकिएको काम दोहोर्‍याएर प्रयत्न गर्दा सफलता मिल्नेछ।

भाग्यशाली रङ पहेँलो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ४१, सेयर बजारमा ३७, वैदेशिक कार्यमा ७७ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूलले प्यासीलाई पनि दिने। छल कपट नगर्ने।

मकर: आज भाग्यले साथ दिनेछ भने काममा सफलता हात पर्नेछ। छोटो दूरीको लाभदायक यात्रा रहला। परिवारसँग रमाइलो भेटघाट हुनेछ। धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ। आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ।

भाग्यशाली रङ निलो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ६१, व्यापारमा ६२, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ५९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूलले विष्णु भगवानलाई स्मरण गर कार्य प्रारम्भ गर्ने। सजिलै अरुको विश्वास नगर्ने।

कुम्भ: मानसिक चिन्ता बढेपनि कार्य क्षेत्रमा प्रगति हुनेछ। आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। शैक्षिक क्षेत्रबाट सफलता मिल्नेछ। सामाजिक र राजनैतिक कार्य अघि बढ्नेछ। अरुलाई प्रभावित पारेर पनि काम बन्नेछ।  

भाग्यशाली रङ पर्पल र अंक ६ रहेको छ। प्रेम र सम्बन्धमा ७८ , व्यापारमा ६९, सेयर बजारमा ५१, वैदेशिक कार्यमा ५६ र शिक्षामा ७६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ५८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूलले हनुमानजीको दर्शन गर्ने। तामसीक भोजन नगर्ने।

मीन: कीर्तिमानी काम गर्ने समय छ। प्रेमीको सहयोग प्राप्त हुनेछ। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। आँटेको र ताकेको कार्य पूरा होला। परोपकारका क्षेत्रमा लगानीको समय छ। व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग पनि छ।

भाग्यशाली रङ रातो र अंक ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६७, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५८ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूलले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरुको विश्वास नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad