समाज


५ प्रदेशको मौसम बदली, कर्णाली र सुदूरपश्चिममा वर्षा र हिमपात

कस्तो होला आज र भोलि देशभरको मौसम?
५ प्रदेशको मौसम बदली, कर्णाली र सुदूरपश्चिममा वर्षा र हिमपात

फाइल तस्बिर


नेपालखबर
पुस १३, २०८१ शनिबार ६:२६, काठमाडौँ

हाल देशमा पश्चिमी वायुसँगै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव छ।

यतिबेला (शनिबार बिहान) सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी तथा बागमती प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा अहिले हल्का वर्षा भइरहेको छ। त्यसैगरी सुदूरपश्चिम तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातसमेत भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो पनि सुदूरपश्चिम प्रदेशका धेरै स्थान, कर्णाली र कोसी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

त्यसैगरी सुदूरपश्चिम, कर्णाली र कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानका साथै गण्डकी र बागमती प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना छ। 

साथै अहिले बिहानको समयमा तराई तथा उपत्यका क्षेत्रका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ। 

हुस्सु र कुहिरोको कारण बढ्ने चिसोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले सबैमा अनुरोध गरेको छ।

कस्तो होला आज र भोलि देशभरको मौसम?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad