समाज


सुन र चाँदीका गहनासहित टीकापुरबाट २ जना पक्राउ

सुन र चाँदीका गहनासहित टीकापुरबाट २ जना पक्राउ

नेपालखबर
पुस १०, २०८१ बुधबार १६:४३, काठमाडौँ

 कैलालीकाे टीकापुरमा सुन चाँदीका गरगहनासिहत दुईजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बाजुराकाे बूढीगंगा नगरपालिका-१० बस्ने वर्ष २५ को सुजन शाही र कैलालीकाे लम्कीचुहा नगरपालिका-४ बस्ने वर्ष ३४ की रम्भा जैशी रहेका छन्।

सुजन र रम्भालाई टीकापुर नगरपालिका-१ गणेशपुर शिविरस्थित वर्ष २८ की धर्मा जैसीको घरभित्र खाटमा कालो रंगको झोला राखि बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।

सुदूर पश्‍चिम प्रदेश प्रहरी कार्यालय धनगढी, नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर कञ्चनपुर, जिल्ला प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिई गएको संयुक्त प्रहरी टोलीले आज उनीहरूको शरीर तथा उक्त झोला चेकजाँच गर्दा सुन चाँदी लगायतका गरगहनाहरू फेला परेको प्रहरीले जनाएको छ। 

बरामद सामानसहित निजहरूलाई समेत नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय टीकापुरमा राखि थप अनुसन्धान भइरहेको छ।

उनीहरूको साथबाट ५० ग्रामको चाँदीको सिक्का थान, पत्थर सहितको हिरा जस्तो देखिने औँठी, सुनको जस्तो देखिने बेरुवा औँठी, सिक्री, पानको पात जस्तो सिक्री, हिरा सहितको सुन जस्तो देखिने झुम्का १ जोर, औँठी, खुट्टाको औँलामा लगाउने बिछिया थान २, कालो पोते भएको नागिनी माला, चारकुने टप १ जोर, कानमा लगाउने स्टार भएको झुम्का, कानमा लगाउने रिङ १ जोर, सुन जस्तो देखिने सानो टुक्रा थान १, नगद रु १३ हजार तथा एफजेड कम्पनीको लुप्र ०१-००३ प २२९९ नम्बरको मोटरसाइकल बरामद भएकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad