सरकारले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सहसचिव मधु भेटुवाललाई सचिवमा बढुवा गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उनको बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले नेपालखबरलाई जानकारी दिए।
लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षमा बसेको बढुवा सिफारिस समितिको बैठकले प्राविधिकतर्फ रिक्त रहेको सचिव पदमा भेटुवालसहित ३ जनाको नाम बढुवाका लागि सिफारिस गरेको थियो।
उनी बुढीगण्डकी जलविद्युत कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए।
177
Shares

प्रतिक्रिया